सागर परियार ।

उन्नत जातको धान भन्दा रैथाने कालिमार्सी धानको खेतीमा जुम्ली किसानको आर्कषण देखिएको छ । उन्नत धान भन्दा कालिमार्सीको बजार मुल्यपनि बढी र राष्ट्यि अन्तराष्ट्यि बजारमा माग पनि बढ्दै गएकोले कालिमार्सी धानको खेतीमा जुम्ली किसान आर्कषित भएका हुन् । भने, जुम्लामा हाल सम्म ९० प्रतिशत धान रोपाई सकिएको छ । भने बाँकी १० प्रतिशत क्षेत्रमा धान रोपाईको काम भने चलिरहेको छ ।
हाल जुम्लाको २९ सय हेक्टर जमिनमा धान खेती भईरहेको छ । जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले भने,“२९ सय हेक्टर मध्य १५ सय हेक्टरमा रैथाने कालिमार्सी धान र १४ सय हेक्टरमा उन्नत जातको धान खेती भईरहेको छ ।” जुम्लाका करिब ५५ प्रतिशत किसानले कालीमार्सी धानको खेती गरिरहेका छन् ।
जुम्लामा पाँच वटा जातको धान खेती भईरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । जसमा चन्दननाथ १ चन्दननाथ २ र लेकाली १ लेकाली २ गरी उन्तत जातको र रैथाने कालीमार्सी गरी पाँच जातको धानी खेती भईरहेको प्रमुख देवकोटाको भनाई छ ।
नेपालमै महंगो मुल्यका रुपमा प्रतिकेजी १ सय २ रुपैया कालिमार्सी धानको मुल्य निर्धारण समेत गरिएको छ । जुन मुल्य नेपालकै सबैभन्दा बढी मुल्य मुल्य हो । भर्खरै १८ टन क्यानडा गएपछि र देशभरका कोसेली घरमा जुम्ली कालिमार्सी चालमको माग बढ्न थालेपछि किसानको आर्कषण बढेको पाइएको छ ।
बजारको माग अनुसार कालिमार्सी धान खेतीको क्षेत्र विस्तारका लागि कृषि कार्यालयले योजना बनाएको छ । देशभर असार १५ गते धान दिवस मनाएपनि जुम्लामा चैत १२ गते धान दिवस र जेठ १५ गते रोपाई महोत्सव मनाउने गरिन्छ ।
६ हजार मेट्रिकटन धान उत्पादन
जुम्लामा यस वर्ष करिब १२ हजार ३ सय ८ मेट्रिकटन मात्रै रैथानेबाली उत्पादन भएको छ । करिब ५ वर्ष यता जुम्ली रैथाने बाली उत्पादनमा ४० प्रतिशतले गिरावट आएको सरकारी अनुमान छ । भने मार्सीधानको उत्पादनमा थोरै बृद्धि भएको छ ।
१२ हजार मेट्रिकटन अन्न्बाी उत्पादन हुँदा मार्सीधान मात्रै ६ हजार ६ सय ७० मेट्रिकटन धान उत्पादन भएको छ । अझै धानको उत्पादकत्व बढाउन आठै स्थानीयतहले कृषि केन्द्रित नीति तथा बजेटको व्यवस्थापन गर्न आबश्यक रहेको कृषि विज्ञहरु बताउँछन् ।
यस वर्ष मार्सी धान ६ हजार ६ सय ७० मेट्रिकटन उत्पादन भएको छु । भने, गहुँ ५ हजार २ सय ९० मेट्रिकटन, वर्षे मकै ६ हजार ५ सय ६० कोदो ४ हजार २ सय ९० मेट्रिकटन उत्पादन भएको छ ।
जौ ७ हजार ६ सय ५० मेट्रिकटन, फापर ९८ मेट्रिकटन, उवा १५ मेट्रिकटन, चिनो २ सय ४० मेट्रिकटन र कागुनो १४ मेट्रिकटन गरी जम्मा १२ हजार ३ सय ८ मेट्रिकटन रैथाने खाद्यबाली उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांकमा उल्लेख छ ।
सिमी ३ हजार ९ सय ६० मेट्रिकटन, दलहन बाली मास ३८ मेट्रिकटन, भटमास ८१ मेट्रिकटन, गहत ४२ मेट्रिकटन र केराउ ९९ मेट्रिकटन गरी जम्मा दलहन बाली ४२ सय ५८ मेट्रिकटन उत्पादन भएको छ । तेल बाली ८५ मेट्रिकटन, वर्षे आलु २७ हजार मेट्रिकटन, तरकारी ३३ सय ७५ मेट्रिकटन, हिउँदे फलफूल ४ सय ६५ मेट्रिकटन उत्पादन भएको छ ।



