विपन्न वर्गलाई आयआर्जन गर्न कुखुरा र लैकाटका चल्ला सहयोग

जुम्ला ः विपन्न वर्गलाई आयआर्जन गर्नका लागि कुखुरा र लैकाटका चल्ला सहयोग गरिएको छ । सर्वाेदलय नेपाल जुम्लाको सहजीकरणमा एफआरएल÷कारितास इटाली र तिला, तातोपानी र पातारासी गाउँपालिकाको सहयोगमा विपन्न वर्गलाई आयआर्जन गर्न सहयोग गरिएको हो ।
पातारासी १५, तिला ७ र तातोपानी गाउँपालिकाका २७ घरधुरीका प्रतिघरधुरी १५ चल्लाका दरले विपन्न व्यक्तिलाई आयआर्जन गर्नका लागि कुखुराका चल्ला वितरण गरिएको सर्वाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीले बताए । उनले भने व्यवसायिक रुपमा कुखुरा पालन गरी विपन्न वर्गको आयआर्जनमा सहयोग पुगोस भनेर चल्ला वितरण गरिएको हो ।
यस्तै तिला गाँउपालिका छुईमुक्त तथा साक्षरकता कक्षा कार्यक्रम अन्तरगर्त एफआरएल र तिला गाउँपालिकाको सहयोग र सर्बाेदय नेपाल जुम्लाको सहजीकरणमा तिला गाउँपालिकाका ९० घरधुरीलाई लैकाटका चल्ला वितरण गरिएको छ । प्रत्येक घरधुरीलाई ३ वटा चल्लाका दरले २ सय २७ लैकाटका चल्ला वितरण गरिएको सर्बाेदय नेपाल जुम्लाले जनाएको छ ।
यहाँ पहिला कुखुरा पालन मात्रै चलन भएपनि पछिल्लो समयमा पंक्षीको नयाँ नयाँ प्रजाती हाँस, लैकाट, बट्टाई पालन गर्ने गरेका छन् । सर्बाेदय नेपाल जुम्लाका कार्यकारी निर्देशक खत्रीले भने पंक्षीको मासु बढी खपत हुने गरेको छ । पंक्षीको सेतो मासु खादा सुगर रोग भएका व्यक्तिहरुलाई असर नगर्ने भएकाले पनि बढी पंक्षीको मासु बढी खपत हुने गरेको उनले बताए । यसबाट व्यवसायिक रुपमा पंक्षी पालन गर्नेले आम्दानी लिने गरेका छन् ।

 

प्रकाशित मिति : २०७८ साउन १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस