कनकासुन्दरीमा नेमकिपाको दोस्रो इकाई सम्मेलन सम्पन्न

उमेश बुढा सिजा । कनकासुन्दरी गाउँ पालिकामा नेपाल मजदुर किसान पार्टीको दोस्रो इकाई सम्मेलन शुक्रबार गोटिज्युला बजारमा सम्पन्न भएको छ ।

समाजवाद,गणतन्त्र ,कामदार वर्गको प्रजातन्त्र हो , संशोधनवाद र अराजकवादको विरोध गरौ भन्ने नाराका साथ नेपाल मजदुर किसान पार्टीको दोस्रो ईकाइ सम्मेलन कनका सुन्दरीमा सम्पन्न भएको हो ।
समाज , राष्ट्र रुपान्तरणमा समाजवादको आवस्यक रहेको र सर्वहारा वर्गको हितमा नमकिपाले सधै वकालत गर्ने नेमकिपा हिमा गाउँपालिका अध्यक्ष काली वहादुर शाहीले बताए ।

ठूला दलको सरकार भएको बेला देश अन्याय ,अत्याचार ,भष्टचार, र महिला बलात्कृत भएका छन् । , देशका ठुला ती दलले देशको समृद्धीमा कुनै भुमिका नखेलेको नेपाल क्रान्तिकारि महिला संघ केन्द्रीय सदस्य तारा शाहीले बताइन ।

अहिले देशमा भ्रष्टाचार भष्टाचारै भएको हामी सबैले देखेकाछौ । खै नेमकिपाले निरन्तर खबरदारी गरेको छ । अब जनताले मजदुर किसान पार्टीमा लाग्न अवस्य रहेको नेमकिपा जुम्ला जिल्ला तयारी समिति सदस्य गजेन्द्र वहादुर कार्कीले बताए ।

देश बचाउनलाई,र देश बनाउनलााई निस्वार्थ राजनीति गर्नुपर्ने नेमकिपा पार्टीका केन्द्रीय सदस्य डिल्ली काँफले बताए । हिजो खोजि खोजि काङ्ग्रेस पार्टीका नेता कार्यकता मार्दै हिड्ने प्रचण्ड अहिले त्यहि काङ्ग्रेसलाई सरकारमा लिएको ,काँफलेको भनाई छ ।

नेपाल मजदुर किसान पार्टीलाई अब यो देशलाई चलाउन जिम्मा दिनु पर्छ हामी देशलाई समाजवादमा लिनेमा कार्यक्रमका सभाअध्क्ष्य माधव काँफले जोड दिए ।

प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस