सागर परियार ।
चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले सार्वजानिक सुनुवाई आफुले नगर्ने बताएकी छन् । ३ आर्थिक वर्षको सार्वजानिक सुनुवाई गर्न मेयरले आलटाल गरेको,सार्वजानिक सुनुवाई गरेपछि आफ्नो वास्तविक चरित्र बाहिर आउने डरले सार्वजानिक सुनुवाई गर्न ढिलासुस्ती गरेको भन्ने उपमेयर अप्सरादेवी न्यौपाने महतको प्रश्न तथा आरोपको खण्डन गर्दै मेयर सेजुवालले सार्वजानिक सुनुवाई स्वयम मेयरले गर्ने नभई कर्मचारीहरुले गर्ने बताईन् । आईतबार विहान चन्दननाथ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा मेयर सेजुवालले भनिन,“सार्वजानिक सुनुवाई मेयरल गर्ने हैन्, मैले पनि जवाफ दिने हो ।
सार्वजानिक सुनुवाईको तयारी कर्मचारीले गर्ने हो । बजेट पारित भइसकेपछि सार्वजानिक सुनुवाई गर्ने कुरा भएपनि बजेटअघिनै सार्वजानिक सुनुवाई गर्न केहि प्राविधिक समस्या रहेको थियो । तर सार्वजानिक सुनुवाई गर्न तयार छौ । यसलाई ठुलो विषय बनाउन जरुरी छैन् ।”
सार्वजानिक सुनुवाईको विषयमा उपमेयर भनेजस्ता कुनै कुरा मेयर संग नठोकिएको सार्वजानिक सुनुवाई नहुनुको कारण कर्मचारीले बताउने समेत मेयर सेजुवालको भनाई छ । चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत क्षेत्र बहादुर बुढ्थापाले प्रमुख प्रशासकिय अघिकृत विगत देखि हाल सम्म अन्तिम सम्म नबस्ने भएकै कारण सार्वजानिक सुनुवाई नभएको बताए ।
उनका अनुसार अधिकांश हाकिम धेरै समय बस्न नमान्ने भएकोले सार्वजानिक सुनुवाई गर्दा तलका कर्मचारीले प्रशासनिक कुरा भन्ने नक्सने हुँदा सार्वजानिक सुनुवाई ढिला भएको हो । तर केहि दिनमा प्रमुख प्रशासकिय आउने र हाल सम्मको सबै सार्वजानिक सुनुवाई तेस्रो पक्षबाट गराउने तयारीमा रहेको समेत निमित्त प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले उल्लेख गरे ।
पुनः मेयर कान्तिका सेजुवालले ऐन कानुन भन्दा माथि भएर काम गर्ने अधिकार कसैलाइ नभएको मेयर उपमेयरको पनि कुनै विवाद नभएको कुरा स्पष्ट पारिन् । यदपी उमेयर उपमेयर दुबैलाई एकै मन्चमा राखेर आबश्यक छलफल गर्न मन्जुर हुनुहुन्छ भन्ने ? प्रश्नमा मेयर सेजुवालले यो सम्भव नभएको बताएकी छन् । यस्तो जवाफले कार्यकाल सकिन लाग्दा समेत मेयर उपमेयर बीचको बिवाद सल्टीने स्म्भव छैन् ।
उता उपमेयर अस्परादेवी न्यौपानेले ३ आर्थिक वर्षको सार्वजानिक सुनुवाई नभएको बताएकी छन् । भने विभित समस्या समधानका लागि बहुमत सदस्यले विशेष नगरसभाको माग गरिएको उल्लेख गरिन् । यता मेयर सेजुवालले ३ आर्थिक वर्षनभई २ आवको सार्वजानिक सुनुवाई नभएको र चाडै गरिने भन्दै अब कुनै पनि हालतमा विशेषनगर सभा बस्न सम्भव नरहेको बताईन् ।