बहुमतले बजेट र नीति कार्यक्रम पारित भएको मेयर सेजुवालको दाबी

सागर परियार ।

चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले आव २०७८÷७९ को बजेट तथा नीति कार्यक्रम बहुमतले पारित भइसकेको दाबी गरेकी छन् । उपमेयर अप्सरादेवी न्यौपाने महतले ऐन विपरित पलेरै बजेट नीति कार्यक्रम पास गरेको आरोप लगाएपनि त्यसको खण्डन गर्दै मेयर सेजुवालले बहुमतका साथ बजेट नीति कार्यक्रम ल्याएको दाबी गरेकी हुन् उपमेयरले विशेष नगरसभाको माग राखेको र बहुमतले बजेट पारित भइसकेको अबस्थामा विशेष नगरसभा बस्न नसकिने समेत मेयरको भनाई छ ।

आईतबार विहान मेयरकै कार्यकक्षमा आयेजित पत्रकार सम्मेलनमा मेयर सेजुवालले भनिन,“नगरसभाको लागि गत असार महिना ३ गते नगर कार्यपालिकाको बैठक बस्यो । १० गते बजेट अधिवेशनको तयारी गर्ने निर्णय गर्यौ । केही नगरसभाका सदस्य अनुपस्थित रहे । तर बहुमत सदस्य उपस्थित नै थियौ ।”

पहिले सहमति गर्ने, सहमति जुट्न नसके बहुमतको आधारमा नभए एक चौथाइ सदस्यले पनि बजेट पारीत गर्ने व्यवस्था छ । तर सहमती हुन नसक्दा असार ३१ ग्ते बहुमतले बजेट तथा नीति कार्यक्रम पारित भइसकेको मेयर सेजुवालको भनाई छ । नगरसभामा कुल ५३ जना सदस्य हुन । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । दुइ जना जिल्ला समन्वय समितिमा गइसकेका छन ।

बाँकी ५२ जना सदस्य रहेकोमा २९ जना सहभागि भएर बजेट पारीत भएको नाम लिष्ट पढेर सुनाए पनि । यदपी उपस्थितीमा हस्ताक्षर भए नभएको बारे पत्रकारलाई माइन्युट भने देखाएकी छैनन् । पटक पटक माइन्युट माग्दा आनाकाने गरिएको थियो ।

साथै यो बर्षको बजेट विद्युत र सडक तिर केन्द्रीत गरेको बताइन । उनले जुगाडखोला र ठिन्के जलविद्युतमा नगरपालिकाले लगानी गरेको बताइन । भने जुम्ला केटीएस सडक, पर्यटकिय पार्क निर्माण, दानसाँघु सम्म सडक निर्माणलाई प्रथामिकथा दिईने भएको छ ।

व्यक्ति विशेषले नगरपालिका चल्दैन
चन्दननाथ नगरपालिका ५ का वडाध्यक्ष अर्जुनसिंह कठायतले व्यक्ति विशेषले नगरपालिका नचल्ने बताए । उनले भने,संविधान र स्थानीय सरकार सञ्चालन ऐनले नगरपालिका चल्ने हो । यहाँ व्यक्तिले चलाउन मिल्दैन ।

उनले प्रमुख उपप्रमुखलाई ६०÷४० को भागवण्डाका आधारमा बजेट दिदा समस्या भएको बताए । उनका अनुसार त्यो नगरप्रमुख र उप्रमुखको आफ्नो व्यक्तिगत रकम हुदैन । तर उनीहरुले छानेका योजना नगरकार्यपालिकामा पेश गरेर पारीत भएपछि मात्र सञ्चालन गर्ने हो ।
मेयर उपमेयरको कुनै विबाद छैनः नगरप्रमुख सेजुवाल
जुम्लाको चन्ददनाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले प्रमुख उपप्रमुख बीच कुनै विवाद नभएको स्पष्ट पारेकी छिनु । उनले संस्थागत रुपमा केही मतमतान्तर रहेपछि व्यक्तिगत रुपमा कुनै विवाद नभएको बताएकी हुन । नगरपालिका संस्कार र सभ्यता देखाउने् ठाउँ हो । हामी बीचमा कुनै किचलो छैन । म लटपटिएको पनि छैन । उनले भनिन,‘कहाँबाट के आउँछ त्यो मलाइ पनि थाहा छैन ।’ उनले कार्यकालको अन्तिम चरणमा सम्पति विवरण सार्वजनिक गरेर सबै भ्रम चिर्ने बताइन ।

सबै मिलेर इतिहास रच्ने कुरा गरौँ । सामान्य विवादित बिषयमा सहमति र छलफलका माध्यमबाट अघि बढेर काम गरौँ भन्ने चाहना छ । नगरप्रमुख सेजुवालले भनिन,‘संस्थागत रुपमा देखिएका मतमतान्तरका बिषयमा नगरकार्यपालिका र सभा मार्फत हल गर्न सकिन्छ । मेरो स्तरबाट कुनै विवाद देख्दैन् ।

कहाँ विवाद छ । छलफल गरौँ । समाधानको उपाय निकालौ । यही चाहन्छु । नगरपालिकामा उठेको बिषय संस्थागत र नीतिगत भएको बताउँदै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैको एकता र हातेमालो गरेर अघि बढ्नु पर्ने अवस्था रहेको बताइन ।

 

प्रकाशित मिति : २०७८ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस