तातोपानीको १० औ गाउँसभाः४ वटा ऐन र कार्यविधि पारित,कर्मचारी,पत्रकार,साहित्यकारलाई सम्मान

जुम्ला । तातोपानी गाउँपालिकाको १० औँ गाउँसभा सम्पन्न भएको छ । विभिन्न ४ वटा ऐन तथा कार्यविधि पारित विभिन्न क्षेत्रमा योगदान पुराउने व्यक्तिलाई सम्मान प्रदान गरेर गाउँसभा सम्पन्न भएको हो ।

जसमा एम्बुलेन्स संचालन व्यवस्थापन गर्न बनेको कार्यविधि २०७८,स्वास्थ्य क्षेत्रको अनुगमन मुल्यांकन तथा सुपरिवेक्षण गर्न बनेको कार्यविधि २०७८,आपतकालिन विपद व्यवस्थापन कोष सञ्चालन गर्न बनेको कार्यविधि २०७८ र वाताबरण तथा प्राृकतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७८ गरी ३ वटा कार्यविधि र १ वटा ऐन १० औँ गाउँसभाबाट पारित भएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।

साथैै तातोपानीले जिल्लाका आठ स्थानीय तह मध्य नमुना कार्यको थालनी गर्दै तातोपानीले कार्य सम्पादनमा उत्कृष्ट कर्मचारी देखी पालिकाको विकास र समृद्धीमा योगदान दिने पत्रकार, साहित्कार, खेलाडी, कलाकार लाई सम्मान प्रदान गरेको हो ।

जसमा यस कर्णाली पोष्ट दैनिकका कार्यकारी सम्पादक,रेडियो नेपाल र कारोबार दैनिकका जुम्ला संबाददाता सागर परियारलाई पत्रकारिता क्षेत्रबाट तातोपानीको विकासमा योगदान दिएको भन्दै सम्मान गरिएको छ ।

त्यस्तै साहित्य क्षेत्रबाट योगदान दिने खडानन्द चौलागाई,हरिबाबु चौलागाई,खड्क स्वाँरलाई सम्मान गरिएको छ । भने,खेलकुद क्षेत्रबाट योगदान दिने अन्तराष्ट्यि भलिबल रेफ्री पुर्ण प्रसाद चौलागाई,गायनबाट तिर्थ परियार,सामाजिक क्षेत्रमा योगदान गरेबापत माधव चौलागाँई र खष भाषामा पाठ्यक्रम निर्माणमा योगदान दिने प्रकाशचन्द्रलाई सम्मान गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जानकारी दिए ।

साथै १० औँ गाउँसभाका अबसरमा दुईजना कर्मचारीलाई पनि सम्मान गरिएको छ । जिल्लाकै पहिलो तथा नमुना कार्यका रुपमा उत्कृष्ट कर्मचारी सम्मान गरिएको हो । जसमा सहायक पाँचौ अग्नी प्रसाद न्यौपाने र कार्यालय सहयोगी जयशंकर उपाध्यायलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरिएको हो ।

प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले भने,“तातोपानी गाउँपालिकामा कार्यरत सबै कर्मचारी क्षामतावान,उर्जाशील कर्तव्य निष्ट र काम प्रति लगनशीलनै छन् । तथापी दुईजना कर्मचारीलाई सम्मान गरेका छौ । यो शुरुवात हो । कर्मचारीलाई उत्प्रेरणा थप्न कार्य सम्पादन प्रभावकारी रुपमा गर्न कर्मचारी सम्मान तथा प्रोत्साहनलाई निरन्तरता दिनुपर्छ । विगतमा दिन हुन सकेनन् । जिल्लामा यस्ता प्रयास कमै देखिन्छ । तातोपानीमा कर्मचारी सम्मान शुरुवात गरेका छौ । यस्ता सम्मानका कार्यक्रमले कर्मचारीमा काम गर्ने जाँगर पैदा हुने विश्वास छ । आगामी दिनमा उत्कृष्ट कर्मचारी सम्मानलाई निरन्तरता दिने छौ ।”

१० औँ गाउँसभाका अबसरमा तातोपानीका १ देखि ८ नम्बर सम्मका वडाध्यक्षहरुले पाँच वर्षे प्रगती विवरण प्रस्तुत गरेका थिए । विगतको तुलनामा स्थानीय सरकार संचालन पछि गाउँमा विकास थुप्रै भएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानले बताए । संघियताको पहिलो कार्यकालमा निर्वाचित भएर संघियताको जग बसाल्ने अबसर पाएको र भोलीका जनप्रतिनिधिका लागि सहज रुपमा काम गर्ने प्रशस्त मार्ग तयार गरिदिएको अध्यक्ष न्यौपानको भनाई छ ।

तातोपानीकी उपाध्यक्ष गंगादेवि उपाध्यायले संघियता कार्यान्वयनको पहिलो कार्यकालमै विभिन्न बाधा अड्चनका बीच पनि विकास निर्माण संगै नीति निर्माणमा फड्को मारेको बताईन् । सिमित स्रोतका बीच पनि स्थानीयका असिमित आबश्यकता परिपुर्तिका थुप्रै प्रयास भएको उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ चैत्र २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस