तातोपानीका जनप्रतिनिधि र कर्मचारीबीच शुभकामना आदान प्रदान सम्पन्न

जुम्ला । तातोपानी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

विगतमा भएका नराम्रा पक्षलाई विर्सन,नयाँ कामको थालनी गर्न, राम्रा कामको अनुशरण गर्न,आपसी सद्भावको विकास गर्न र सुखदुख साट्ने उद्देश्यका साथ तातोपानीले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले नयाँ वर्षसंगै कर्मचारीहरुमा नयाँ उमंश र जोशा जाँगरको विकास भई समृद्ध पालिका निर्माणको अभियान सफलताको शुभकामना दिए ।

त्यस्तै उपाध्यक्ष गंगादेवी उपाध्यायले जनप्रतिनिधि र कर्मचारी बीचको सम्बन्ध थप प्रगाढ र समधुर बनोस,सामुहिक हितका लागि सबैको सकरात्मक सहयोग बढ्दै जावस,तातोपानीलाई समृद्ध पालिका बनाउन सबैमा सहयोगी भावनाको विकास होस भन्दै नयाँ वर्षको शुभकामना दिईन् ।

प्रमुख प्रशासकिय अधिकृत मिलन बढ्थापाले कर्मचारीहरुमा आपसी भद्भावको विकास होस,जनताको सेवामा सधै सर्मपित भई छिटो छरितो र सहज रुपमा सेवा प्रवाह गरी जिल्लाकै उत्कृष्ट कर्मचारीको परिचय स्थापित गर्ने जोश जागँर मिलोस भन्दै नयाँ वर्षको शुभकामना दिए ।

कार्यक्रममा पालिकाका सबै विषयगत शाखाका प्रमुख लगायत सहभागी कर्मचारीले पालै पालो शुभकामना आदान सन्देश दिएका थिए । कर्मचारी जनप्रतिनिधिबीच भेटघाट, सुख दुख साट्ने र भलाकुसारी गर्ने एक अबसरका रुपमा पनि शुभकामना आदान प्रदान कार्यक्रमलाई लिइएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस