मेराे उम्मेदवारी समृद्द ताताेपानीका लागि यूवाहरुकाे प्रतिनिधित्व हाे : चाैलागाई

                                                                              जुम्ला ।  ताताेपानी गाउँपालिकाकाे उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजबादी पार्टिबाट नारायणि चाैलागाईले उम्मेदवारी दिएकि छन् । आगामी बैशाख ३० गते हुने दाेस्राे स्थानीय तह निर्वाचनका लागि चाैलागाईले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

भाेट बटुल्न उम्मेदवाहरु जनताका घरदैलाे चर्हान थालेका छन् । तर उपाध्यक्ष पदका लागि भने गाउँगाउँमा नारायणी चाैलागाईकाे चर्चा व्यापक चलेकाे छ । घरदैलाे कार्यक्रममा उपाध्यक्षका उम्मेद्वार नारायणि चाैलागाईले आफ्नाे उम्मेदवारी समृद्द ताताेपानी बनाउन,शुसासन पार्दशिता कायम गर्नका लागि समग्र युवाहरुकाे प्रतिनिधित्व रहेकाे बताईन् ।

उनले भनिन,”मेराे उम्मेदवारी यूवाहरुकाे प्रतिनिधित्व हाे । एक पटक सबै नागरिकले पार्टि भन्दा व्यक्ति हेर्नू पर्ने देखिन्छ । राजनीतिमा यूवा सुनिश्चिता गर्ने अबसर हाे । विबेक प्रयाेग गर्न जरुरी छ ।”

महिला शसक्तिकरण,आर्थिक विकास,पूर्वाधार विकास लगायतका विषयमा आफ्नाे ध्यान केन्द्रित हुने उल्लेख गरिन् । पहिलाे कार्यकालका जनप्रतिनिधिहरुले गरेका स्वास्थ्य,शिक्षा,खानेपानी,पर्यटन,राेजगार लगायतका क्षेत्रमा भएका विकासहरुलाई संस्थागत गर्नका लागि पर्ने चाैलागाईकाे प्रतिबद्दता छ ।

यूवा राेजगारी,आर्थिक विकास,उधमशीलता विकास लागि पनि ठाेस याेजना बनाएर काम गरिने छ । नागरिकका आबश्यकता पहिचान गरि नीति बनाउने र ताताेपानीका सिमा बिवाद,जेष्ठनागरिक सम्मान,यूवा प्रतिभा पहिचान लगायतका क्षेत्रमा उल्लेखीय काम गर्ने उनकाे भनाई छ ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस