जुम्लामा स्थानीयतह निर्वाचनका लागि खटिए ४९६ कर्मचारी

जुम्ला ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जुम्लामा ४ सय ९६ जना कर्मचारी खटिएका छन् । २ सय ४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ सय ९६ जना कर्मचारी निर्वाचनका लागि खटिएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अुसार जिल्लाका १०२ मतदान केन्द्रमा मतदान अधिकृत,सहायक मतदान अधिकृत सहित ४९६ कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले जुम्लाका ७९ मतदान स्थलका १०२ मतदान केन्द्रमा खटिने सबै कर्मचारी छनोट तगा खटनपटन भईसकेको बताउनुभयो । मतदान अधिकृतमा रुपमा जुम्लामा ६ जना महिलालाई खटाईको छ ।

पाँच सय भन्दा माथी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा मुनी मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जुम्लामा ८८ मतदान केन्द्र पाँचसय भन्दा बढी मतदाता र १४ वटा मतदान केन्द्र मा पाचसय भन्दा कम मतदाता रहेको बताउनुभयो । सोही मापदण्ड अनुसार जिल्लामा कर्मचारी परिचालन गरिएको उहाँको भनाई छ ।

प्रत्यक केन्द्रमा कर्मचारी सहित ३ जना स्वयंसेवकलाई खटाइएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीलाई निर्वाचन व्यवस्थित गर्न परिचालन गर्ने जिम्मेवारी मतदान अधिकृतलाई दिइएको छ । मतदान अधिकृत,सहायक मतदान अधिकृत र स्वयमसेवकलाई तालिम दिएर खटाइएको हो ।

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस