जुम्ला महोत्सवमा अर्गानिक खिरको स्वाँद चखाउँदै विष्णु


जुम्ला । जुम्लामा तेस्रो प्रादेशिक औधोगिक तथा व्यापार महोत्सव सुरु भएको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको महोत्सव उद्योग बाणिज्य संघको आयोजनामा यस वर्ष सचालन भएको हो । महोत्सव नेपाली सेनाको टुडिखेल मैदानमा ५ दिन सम्म महोत्सव लाग्ने छ । महोत्सवमा किसान विष्णु धितालले अर्गानिक खिर देखि कुन्जाङ लामाले राडी पाखीका उत्पादन लगायत ४० वटा अर्गानिक स्टल राखिएको छ । स्याउका विभिन्न परिकार समेत राखिएको छ ।

गुठिचौर गाउँपालिका ५ का भैसी किसान बिष्णु धितालले महोत्सव अवधिभर अर्गानिक खिरको स्वाद चखाउने छन् । सिम्पडी पातमा तातो अर्गानिक खिर खाँदाको मज्जा बेग्लै छ । उनले भने,महोत्सव अवधिभर अर्गानिक खिर,नौनी,कुरौनी,चिया लगायतका परिकार खुवाउने छु । दुधबाट परिकार बनाई महोत्सव खुवाउने पहिलो प्रयास हो । सबै आएर एक पटक खाईदिनुहोला ।

किसान विष्णु धितालले ३९ नम्बर स्टलमा अर्गानिक खिर सहितको परिकार खुवाउँदै छन् । पहिलो पटक महोत्सवम दुधबाट बन्ने परिकारको व्यापार गर्न आएको उत्सुक भएको र उपभोक्तालाई स्वादिष्ट परिकार खुवाउने सन्तुष्ट बनाउने लक्ष्य रहेको उनको भनाई छ । महोत्सवले अर्गानिक उत्पादनको व्यापार गर्ने अबसर जुटाएको किसान धिताल खुसी छन् । आफ्नो स्टलमा आएर खान तथा सुझाब दिन समेत उनले आग्रह गरेका छन् ।

महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरी नन्द आर्चायले जुम्लाको आर्थिक समृद्धी,स्याउ,ओखरको बजार प्रर्बद्धनका लागि महोत्सव कोशेढुंगा सावित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो,“कर्णालीको कला, सांस्कृति, भाषा साहित्यको संरक्षण, रैथाने बालीको बजारीकरण, पर्यटन तथा व्यापार प्रवद्र्धन र आर्थिक समृद्दिका लागि तेस्रो जुम्ला महोत्सवको आयोजना हुदै छ । विगत दुई वर्ष कोरोना कहरले थलिएको अर्थतन्त्र चलायमान बनाउन पनि महोत्सवले टेवा पुराउने आशा छ ।”

भदौ ३१ गतेदेखि ५ दिन सम्म तेस्रो जुम्ला व्यापार महोत्सव संचालन उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँका अनुसार महोत्सवमा ४० वटा स्टल राखिएको छ । स्टलमा रैथाने अन्नबालीका परिकारलाई प्रथामिकता दिइएको छ ।

कमजोर पूर्वतयारी, समन्वय सहकार्य नभएकै विगत पहिलो र दोस्रो महत्वसबाट घाटा व्यवहोर्नु परेका तेस्रो महत्वसलाई व्यवस्थित बनाउने प्रयास गरेको उद्योग बाणिज्य संघ जुम्लाका उपाध्यक्ष गणेश रोकायाले बताउनुभयो । तर मौसम प्रतिकुलताका कारण महोत्सव व्यवस्थापनमा चुनौती देखिएको छ ।

महोत्सव उद्घाटन गर्न कर्णाली प्रदेशका कृषि तथा सहकारी  मन्त्री चन्द्र बहादुर शाही जुम्ला आउने भनिएकोमा मौसम प्रतिकुलताका कारण आएनन् । तर मन्त्री शाहीले  टेलिफोन मार्फत महोत्सव सफलताको शुभकामना दिनुभयो । कर्णालीको आर्थिक समृद्दिका लागि नीजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको भन्दै कृषि पर्यटनको विकासका लागि कर्णाली प्रदेश सरकारले लगाी बढाएको कृषि मन्त्री शाहीले उल्लेख गर्नुभयो ।

जुम्लाको उत्पादनलाई लेबलिङ प्याकेजिङ गरी अन्तराष्ट्यि बजार सम्म पुराउन समेत सरकारी तबरबाट नीतिगत व्यवस्था गरिने उहाँको भनाई छ ।

स्थानियकला सांस्कृति संरक्षण,कृषि वस्तुको बजारीकरण उत्पादन बृद्दि,जुम्लाको आर्थिक समृद्दि तथा पर्यटन पर्बद्दनका लागि महोत्सवले टेवा पुराउने उहाँको विश्वास छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले जुम्ला पर्यटन,कृषिका हिसाबले संभावनायुक्त जिल्ला भएपनि लगानी पर्खिरहेको बताउनुभयो ।

जुम्लाको सम्भावनालाई अबसरमा बदल्न नीजि क्षेत्र र सरकारले लगानी भित्राउने वाताबरण सृजना गर्नुपर्ने उहाँको भनाई छ । जुम्लाको स्याउ,मार्सि चामल,चिनो,कागुनोलाई अन्तराष्ट्यि बजारमा पुराउने संयन्त्र तयार गर्न जुम्लाका नीजि क्षेत्र,स्थानिय तह जुट्न जरुरी छ । महोत्सव आगामी असोज ं४ गते सम्म लाग्ने छ । महोत्सवमा स्थानीय तथा राष्ट्यि कलाकार प्रस्तुती गर्ने छ ।

यसै बीच महोत्सवकै अबसर पारी जुम्लामै छायांकन भएको चलचित्र प्रकाश पनि जुम्लामै प्रर्दशन भईरहेको छ । प्रतिदिन दुई वटा शो प्रर्दशन भईरहेको हेर्न आउन समेत व्यवस्था धनराज सुनारले अपिल गर्नु भएको छ ।

 

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस