जुम्ला – प्राकृतिक प्रकोप बाढीपहिरोमा परी दिवंगत भएका खेलाडीको सम्झनामा दीप प्रज्वलन गरिएको छ । जिल्ला फुटबल संघ जुम्लाले सदरमुकाम खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गणमा दीप प्रज्वलन गरेको हो ।
असोज ११ र १२ गते मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका – ३ स्थित वाल्सत्यदेवि उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जार्दै गर्दा पहिरोमा परी निधन भएको खेलाडीहरुको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।
एन्फा जुम्लाका महासचिव दिपेन्द्र हमालका अनुसार दिवस बानिया, प्रियंस आचार्य, अनुपम धमान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको पहिरोमा परी निधन भएको हो । उनीहरुको आत्ममा चिर शान्तको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।
एन्फा जुम्लाका अध्यक्ष तथा केन्द्रीय सदस्य भरत बुढ्थापाले दीप प्रज्वलन गर्दै दिवंगत खेलाडीहरुको आत्माको चिर शान्तिाको कामना गरेका छन् । उनले विपद्का कारण कुशल खेलाडी गुमाउनु पर्दा दुख्ख व्यक्त गरेका छन् ।




