जुम्ला । दोस्रो अमृत स्मृती फूटबल प्रतियोगिताको उपाधी जुम्ला फुटबल क्बलले जितेको छ । लेकाली यूवा क्लबद्दारा आयोजित दोस्रो अमृत स्मृती फुटबल प्रतियोगिताको उपाधी जुम्ला फुटबल क्बले जितेको हो । प्रतियोगितामा जम्मा २२ वटा फुटबल टिम सहभागी भएका थिए । जस मध्य फाईनल खेल दोभान शान्ति यूवा क्बल र जुम्ला फुटबल क्बलबीच भएको थियो । जसमा पहिलो हाफ गोल रहित बराबर भयो ।
दोस्रो हाफको केहि सम्म गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटबाट हुने अनुमान दर्शकले गरिरहेका थिए । तर अन्तिम समय तिर जुम्ला फुटबल क्लबका खेलाडीले लगातार ० का विरुद्ध ३ गोल गरेपछि उपाधी जित्न सफल भएको हो । दोस्रो हाफको अन्तिम तिर जुम्ला फुटबल क्लबका खेलाडी धर्मेन्द्र कुँवरले लगातार २ गोल गरे । भने क्याप्टेन शुनिल थापा मगरले १ गोल गरे । खेल निकै प्रतिस्प्रधात्मक भएपनि खेलको निर्धारित समयवधिभर दोभान शान्ति यूवा क्लबले गोल फर्काउन सकेन् ।
दोस्रो अमृत स्मृती फुटबल प्रतियोगिताका विजेता जुम्ला फुटबल क्बलले नगद एक लाख २ हजार २०२ रुपैया ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । भने उपविजेता दोभान शान्ति यूवा क्लबले नगद ५१ ह्जार एक सय ११ रुपैया,ट्रफी,मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

मेयर राजुसिंह कठायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका छन् । यस्ता प्रतियोगिताले खेल क्षेत्रको प्रर्बद्धन नयाँ खेलाडीलाई प्रेरणा मिल्ने मेयर कठायतले बताए । उनले उत्कृष्ट खेल संगै खेलाडीले अनुशासन पनि प्रर्दशन गर्नुपर्नेमा जोड दिए ।खेल क्षेत्रको प्रर्वद्दन र यूवालाई खेलप्रति प्रेरित गर्नका लागि लेकाली यूवा क्लबले गत वर्षबाट अमृत स्मतृी फुटबल प्रतियोगिता गर्दै आएको छ ।



