जिल्ला स्तरीय फुटबल प्रतियोगितामा क्वाटर फाईनलका खेल सम्पन्न

जुम्ला । जिल्ला स्तरीय खुल्ला पुरूष फुटबल प्रतियोगितामा क्वाटर फाइनलका खेल सम्पन्न भएका छन् । बिहीबार क्वाटर फाइनलका सबै खेल सम्पन्न भएका हुन् । शुक्रबारबाट सेमिफाइनल खेल सुरू हुने आयोजक दलित सेवा संघ जुम्लाले जनाएको छ ।

दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम नेपालीले विहिबार क्वाटर फाईनलका तीन वटा खेल सम्पन्न भएको बताए । उनका अनुसार शुक्रबारबाट सेमिफाईनल खेल सुरु हुने छन् । अध्यक्ष नेपाललीले लायन युवा क्लब,समाज चेतना युवा क्लब,रोयल छिना युवा क्लब र देउती कैलाश युवा क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

आयोजकका अनुसार दोस्रो क्वाटर फाइनलमा देउती कैलाश युवा क्लब कुडारी र जयबाबिरा युवा क्लब सिंगाचौरबीच प्रतिष्पर्धा हुँदा देउती कैलाश युवा क्लब कुडारी विजयी भएको छ । यस्तै रोयल छिना युवा क्लब र जय शम्भुनाथ युवा क्लबबीच भएको खेलमा रोयल छिनाले जित निकाल्दै सेमिफाईनलमा प्रबेश गरेको छ ।

क्वाटरफाइनलको अन्तिम डिवाइसी युवा क्लबलाई पराजित गर्दै समाज चेतना यूवा क्लब सेमिफाईनलमा पुगेको छ ।
प्रतियोगितामा कुल १७ टिम सहभागी हुन् । प्रतियोगिता कात्तिक २४ गते सकिनेछ ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस