खेल टिप्पणी: जुम्लामा विवाद रहित सम्पन्न पहिलाे फुटबल प्रतियाेगिता

जुम्ला । विश्वमा सबैभन्दा धेरै खेलिने र हेरिने खेल हाे, फुटबल । विश्वभर यस्ता देश र खेलाडी छन्, जाे फुटबलकै कारण ख्याति प्राप्त छन् । वर्तमान विश्व फुटबल जगतमा मेस्सी र राेनाल्डाे जस्ता खेलाडी फुटबलकै कारण विश्व विख्यात छन् ।

ब्राजिल र अजेन्टिना जस्ता देशकाे अर्काे परिचय भनेकै फुटबल हाे । फुटबलमा युराेप निकै अघि छ । मध्ये अमेरिका पनि फुटबलमा निकै अघि छ । एसियामा समेत फुटबलले पहिचान बनाउँदैछ । दक्षिण एसियाका नेपाल लगायतका देशहरूमा फुटबल इतिहास लामै छ ।

फुटबल जति चर्चित छ,त्यति नै विवादसमेत हुने गरेकाे छ । नेपालमा समेत वर्षनी यस्ता प्रतियोगिता भइरहन्छ । जिल्लाहरूमा हुने प्रतियोगिता समेत विवाद रहित हुन सकेका छैनन् ।

जुम्ला जिल्लामा जहिलेदेखि फुटबल खेल थालियाे । जिल्लास्तरमा फुटबलका प्रतियाेगिता विवादरहित टुंगिएकाे इतिहास छैन । फुटबलकाे संस्कृति विकास भइसकेकाे छैन ।

जुम्लामा छुट्टै रंगशाला छैन् । भर्खर एउटा निर्माणधिन छ । हरेक वर्ष हुने फुटबल प्रतियाेगिता नेपाली सेनाकाे खेल मैदान टुडिखेलमा हुँदै आएकाे छ ।

टुडिखेलमा फूटबल प्रतियाेगिताकाे आयाेजना हुनु र कहिले रेफ्री कुटिनु,कहिले खेलाडी आपसमा लडाइ गर्नु,आयाेजक नै मैदानमा उत्रिनु पर्यावाची जस्तै हुन् ।

उपाधी जित्ने जाेश खेलाडीमा हुनु नराम्राे हाेइन । तर, उपाधिका लागि अर्कालाई लडाउनु,रेफ्री कुट्नु,धुलाे माटाे उठाउनु र मैदानमै खेलाडीले अनुशासन बिर्सिएका क्षणहरु टुडिखेलमा यसअघि धेरै पटक देखिएकाे थियाे । विवाद र झगडाकै कारण अंगभंग हुनुपरेका दृष्टान्त छन् ।

प्रतियाेगितामा हुने झमेला मिलाउदैँ एन्फालाई हैरान हुन्थ्याे । दलहरुका नेतालाई विवाद मिलाउनै मुस्किल । अनि प्रहरी प्रशासनलाई सुरक्षा दिनै धाै धाै । तर विवादै भएपनि जसाेतसाे खेल सम्पन्न हुन्थ्याे । भने दर्शकहरु टुडिखेलमा हुने खेल विवादरहित कहिले हाेला भन्दै दिन गन्थे ।

तर,अब जुम्लाकाे फुटबलमा एउटा इतिहास बनेकाे छ । विवाद र झगडाबिना पनि फुटबल प्रतियोगिता सम्पन्न गर्न सम्भव छ भनेर । दलित सेवा संघ जुम्लाले पहिलोपटक कात्तिक १९ गतेबाट आयाेजना गरेकाे `दलित युवाहरूका लागि खुल्ला पुरूष फुटबल प्रतियोगिता´विवादरहित रूपमा सम्पन्न भएकाे छ ।

शनिबार भएकाे फाईनल खेलमा पेनाल्टी सुटआउटमा समाज चेतना युवा क्लबलाई २-३ गाेलले हराउँदै तिला-३ काे देउती कैलाश युवा क्लबले उपाधि जितेकाे छ ।

टुडिखेलमा आयाेजना भएकाे जिल्ला स्तरीय फुटबल प्रतियाेगिता पहिलाे पटक विवाद रहित सम्पन्न मात्र भएन। अकर्काे संयाेग के भइदियाे भने यस प्रतियोगिताकाे फाइनल पानसय दराका टिमले खेले ।

विजेता देउती कैलाश युवा क्लबले नगद ६६ हजार ६ सय ७० रुपैया ट्रफी,मेडल प्रमाणपत्र पाएका छन् । उपविजेता समाज चेतना युवा क्लबले नगद ३३ हजार ३ सय रुपैयाँ ट्रफी,मेडल प्रमाण पत्र पाएका छन् ।

प्रतियाेगितामा जिल्लाभरका १७ टिम सहभागी थिए । समूह चरण,क्वाटर फाइनल,सेमिफाइनल र फाइनलका सबै खेल निकै शान्त र मर्यादित रुपमा सम्पन्नभए । नत मैदानमा खेलाडी आपसमा झगडिए । नत दर्शक दीर्घाबाट विवाद उत्पन्न भयाे । केही खेलमा विवाद नभएका हाेइनन् । तर रेफ्रीकाे निर्णयलाई खेलाडीले सहर्ष स्वीकार गरे । यी कारणनै टुडिखेलमा आयाेजित प्रतियाेगिता पहिलाे पटक विवादरहित सम्पन्न हुनु हाे ।

पहिलाे पटक विवादरहित वातावरणमा आयाेजना सफल गरेमा खुसी छाै । दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्की भन्छन,’पहिलाे पटक दलित यूवाकाे शशक्तिकरण र एकताका लागि खेलकूद आयाेजना गर्दै गर्दा विवाद हुने झैझगडा हुने चिन्ताले पिराेलेकाे थियाे । तर व्यवस्थापकीय पाटाे केही कमजाेरी भएपनि प्रतियाेगिता अवधिभर कुनै विवाद भएन् । यसमा निकै खुसी छाै ।’

टुडिखेलमा खेलकूद आयाेजना भएकी विवाद हुन्छ भन्ने भाष्यलाई अन्त्य गर्दै आयाेजकदेखि खेलाडी,दर्शक संमयमित भएकाे खण्डमा विवादरहित वातावरणमा आयाेजना सम्पन्न गर्न सकिन्छ भने नजिर स्थापित गर्न सफल भएकाेमा समेत अध्यक्ष सार्कीले खुसी व्यक्त गरे ।

पुरस्कार वितरण समाराेहका प्रमुख अतिथि सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले दलित सेवा संघकाे आयाेजनाले धेरै कुराकाे सकरात्मक सन्देश दिएकाे बताए । दलित समुदायमा पनि निकै सम्भावना बाेेकेका खेलाडी रहेछ त्यसकाे उजागर भयाे ।

उनले भने,’अन्य समुदायले आफ्नाे जात वर्गकाे संरक्षण हितका लागि विभिन्न कार्यक्रम गर्न हुने दलित सेवा संघले फुटबल खेलाउन नमिल्ने हुदैन् । याे आयाेजनाले दलित एकता कायम गर्नु साथै युवा प्रतिभाकाे उजागर गरेकाे छ ।’

त्यस्तै जुम्ला जिल्ला फुटबल संघ (एन्फा)का अध्यक्ष भरत बहादुर बुढ्थापाले प्रतियाेगितामा सामेल भई उत्कृष्ट भएका क्लबलाई एन्फामा आवद्व गराउने बताए । उत्कृष्ट खेल प्रर्दशनसँगै अनुशासनले मन जितेकाे भन्दै यस्ता क्लब खेलाडीकाे प्रर्वद्दनका सबैले ध्यानदिनु पर्नेमा जाेड दिए ।

दलित सेवा संघकाे आयाेजनालाई सफल बनाउन जुम्लाका आठै पालिका लगायत अन्य निकायले सहयाेग गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस