प्रथम अर्जुन स्मृती फुटसल प्रतियाेगिताकाे उपाधी जुम्ला फुटबल क्लबलाई

जुम्ला । जुम्लामा आयाेजित प्रथम अर्जुन स्मृती खुला फुटसल प्रतियाेगिताकाे उपाधी जुम्ला फुटबल क्बलले जितेकाे छ । आईतबार भएकाे फाईनल खेलमा जनसेवा यूवा क्बललाई ०-३ गाेलले हराउँदै जुम्ला फुटबल क्लबले उपाधी जितेकाे हाे ।
दाेभान शान्ति यूवा क्लबले आयाेजना गरेकाे प्रथम अर्जुन स्मृती खुला फुटसल प्रतियाेगितामा जिल्लाभरका १७ वटा टिमकाे सहभागिता रहेकाे थियाे ।

फाईनलमा जुम्ला फुटबल क्लब र जनसेवा यूवा क्लब बीच भएकाे खेलमा ०-३ काे अग्रता लिएकाे जुम्ला फुटबल क्लब उपाधी जित्न सफल भयाे। भने खेलकाे अन्तिम समय सम्म पनि गाेल फर्काउन नसक्दा जनसेवा यूवा क्लब उपविजेता बन्याे ।

प्रतियाेगितामा विजेता हुने जुम्ला फुटबल क्लबले नगद ४० हजार,ट्रफी,मेडल प्राप्त गरेकाे छ । भने उपविजेता जनसेवा यूवा क्लबले नगद २० हजार,ट्रफी मेडल प्राप्त गरेकाे आयाेजक दाेभान शान्ति यूवा क्लबले जानकारी दिएकाे छ ।
उत्कृष्ट गाेल रक्षकाे पुरस्कार जुम्ला फुटबल क्लबका गाेल रक्षक उत्तम शाहीले पाएका छन् । भने उत्कृष्ट खेलाडीकाे पुरस्कार विप्लव शाहीले पाएका छन् ।

पुरस्कार वितरण समाराेहका प्रमुख अतिथि चन्दननाथ नगरपालिकामा उपमेयर रामदेवी खड्काले जुम्लाकाे खेलकाे विकास र नयाँ खेलाडीकाे उत्पादनका लागि यस्ता खाले आयाेजना हुनु पर्ने बताईन् ।

कूलतबाट बचाउन,अनुसाशनकाे दायरामा राख्न यूवालाई खेलकूदमा जाेड्नु पर्ने उल्लेख गरिन् । फाईनल खेलमा चन्दननाथ-१ का वडाध्यक्ष,एन्फाका अध्यक्ष भरत बुढ्थापा लगायतका व्यक्तिकाे सहभागिता थियाे ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस