जुम्ला । भारतकाे कर्नाटकमा आयाेजना भएकाे अल्ट्रा ट्रेस रेसमा जुम्लाकी तीन जना चेलीले चमत्कारी खेल प्रर्दशन शानदार जीत हासिल गरेकि छन् ।
कर्नाटकमा आयाेजित ८ औं ‘टेकिओन मलनद अल्ट्रा ट्रेल रेस’ मा जुम्लाका तीन धाविकले उत्कृष्ट प्रर्दशनसंगै जीत हासिल गरेका हुन् ।
टेकिओन मलनद अल्ट्रा ट्रेल रेस अन्तर्गत हरेक वर्ष ५० र २० किलाेमिटर दुरीका दाैड प्रतियाेगिता हुदैँ आएकाे छ । यसवर्षकाे प्रतियाेगितामा ५० किलाेमिटर दाैड तर्फ विभिन्न देशका खेलाडीलाई पछि पार्दै जुम्ली चेली राज्यलक्ष्मी रावल प्रथम भएकी छन् । भने साेहि ५० किमी दुरीकाे दाैडमा जुम्लाकै चेली मिमु बुढा द्वित्तिय भएकी छन् ।

साथै ३० किलाेमिटर दाैड तर्फमा जुम्लाकै चेली कल्पना बुढा पनि प्रथम भएकी छन् । प्रतियाेगितामा प्रथम द्वित्तिय भए बापत खेलाडीले नगद पुरस्कार प्राप्त गरेनन् । तर अन्तराष्टि्य विभिन्न प्रतियाेगितामा सहभागी हुने मान्यता पाउने छन् ।
कर्णाली खेलकुल क्लबका अध्यक्ष सराेज शाही भन्छन,’याे अन्तराष्टि्य स्तरकाे क्वालिफाइ गेम हाे । यसले अंक जाेड्छ । खेलाडीलाई एक्पाेजर गर्छ । आगामी दिनमा विश्वका कुनै पनि देशमा हुने अल्ट्रा ट्रेल रेसमा सहभागी हुन याे दाैडकाे जित महत्वपूर्ण मानिन्छ ।’
साथै दुई जना प्रथम र एकजना दृत्तिय आएका खेलाडीले निर्धारित दुरी कति समयमा पार गरेकाे बारे अफिसियल घाेषणा हुन बाँकी रहेकाे क्लबका अध्यक्षले कर्णाली मिसनलाई जानकारी दिए ।
अन्तराष्टि्य स्तरकाे दाैडमा प्रथम दृत्तिय भएर जुम्ली चेलेली उत्कृष्ट खेल प्रर्दशन मात्र गरेकी छैनन् । प्रशिक्षक विश्वकिर्तिमानी धावक हरि राेकाया भन्छन्,’याे जित एतिहासिक हाे । विभिन्न देशका अनुभवी खेलाडीलाइ पछि पार्दै जुम्ली चेलीले देखाएकाे उत्कृष्ट खेल काैसलताले सफलता मिलेकाे छ । अब अन्य खेलमा पनि भाग लिन सहज हुने छ ।’
भारतकाे कर्नाटकमा हुने टेकिओन मलनद अल्ट्रा ट्रेल रेस प्रतियाेगितालाई एटीएम (एशिया ट्रेल मास्टर), आईटीआरए (इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन) र यूटीएमबी (अल्ट्रा-ट्रेल डु मोंट ब्लाङ) जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले मान्यता दिएका छन्।
टेकिओन मलनद अल्ट्रा ट्रेल रेस प्रतियाेगिता जित्नेले सहजै अन्तराष्टि्य स्तरका दाैडमा भाग लिन सहज बनाउँछ ।



