खेलबारे अध्यायन र अभ्यास गराउन जुम्लामा ‘टिपटोय एकेडेमी’ स्थापना

जुम्ला । फुटबल खेलका बारेमा अध्यायन तथा नियमित अभ्यास गराउन जुम्लामा ‘टिपटोय एकेडेमी’ स्थापना गरिएको छ । गाउँ गाउँबाट खेलाडी उत्पादन गर्ने,फुटबल खेलका विषयमा अध्यायन तथा नियमित अभ्यास गराउने उदेश्यले विनायक यूवा क्लबको पहलमा जुम्लामा टपटोय एकेडेमी स्थापना गरिएको हो ।

खेलका माध्यमबाट पर्यटनको प्रर्बद्धन गर्न नयाँ खेलाडी उत्पादनमा टेवा पुराउन खेलका विषयमा अध्यायन र अभ्यास गराउने टिपटोय एकेडेमी स्थापना गरिएको छ । टिपटोय एकेडेमी भनेको खेलका विषयमा अध्यायन तथा अभ्यास गराउने एक विद्यालय हो । जसको मुख्यालय काठ्मान्डौंको वनस्थलीमा छ । भने टिपटोयका प्रमुख गौरब बस्नेत हुन् । उक्त एकेडेमीले विभिन्न जिल्लामा खेलाडी उत्पादनसंगै खेलबारे अध्यायन तथा नियमित अभ्यास गराउन ब्रान्च खोल्ने गरेको छ ।

विनायक यूवा क्लबको विशेष पहल र क्लबका बरिष्ठ उपाध्यक्ष दिपेन्द्र विक्रम हमालको पहलमा जुम्लामा स्थापना भएको टपटोय एकेडेमीको मंगलबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही,डिएसपी छेदिलाल कामती,विश्वकिर्तिमानी धावक हरि बहादुर रोकाया, पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाई लगायतका सरोकारवालाको उपस्थिती एकेडेमीको उद्घाटन गरिएको हो ।

जुम्लामा खेल क्षेत्रको लागि प्रयाप्त पूर्वाधार नहुँदा खेलाडीहरु खुम्चीनु परेको अबस्था छ । जुम्ला जिल्ला फुटबल संघ ‘एन्फा’ जुम्लाका महासचिव समेत रहेका हमालले भने,‘खेलबारे अध्यायन तथा अभ्यास गराउन एकेडेमी स्थापना गरेका छौ । यसले जिल्लाका आठै पालिकाका खेलाडीले अबसर पाउने छन् । खेलबारे पढ्ने र अभ्यास गर्ने एक विद्यालय हो । विशेषगरी १२ वर्षमुनिका बालबालिकालाई खेलका आर्कषित गर्न ग्रासुट खेलमा जोड दिने छौ । आठै पालिकाका १२ वर्षमुनिका बालबालिका आएर एकेडेमीमा भर्ना हुन सक्छन् । भने भर्नाका लागि निश्चित शुल्क समेत निर्धारण गरिने छ ।’

खेल एक अनुशासन हो,खेलका प्राविधिक पाटाहरु पनि धेरै हुन्छन् । ती विषयमा खेलाडी जानकार हुनुपर्छ । तर हाम्रा पूर्वाधार संगै अध्यायनको पनि अभाव भएकोले विनायक यूवा क्लबको अगुवाईमा खेल सम्बन्धित एकेडेमीनै स्थापना सोच आएको समेत हमालले कर्णाली मिसनलाई जानकारी दिए ।

उनले थपे,‘विनायक क्लबले खेल क्षेत्रको विकासमा नयाँ आयाम ल्याउनका लागि क्लबले काम गरिरहेको छ । एकेडेमी स्थापना एक उपलब्धी हो । खेल लाई पर्यटन संग जोड्न र खेलाडि उत्पादन तथा खेल क्षेत्रलाई व्यवसायिक बनाउन टपटोय एकेडेमि कोशेढुंगा बन्ने छ ।’

प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले प्रतिभा पहिचान गर्न र खेल क्षेत्रको प्रर्वद्धन एकेडेमीले उल्लेखीय भुमिका निर्वाह गर्ने बताए । नियमित अभ्यास र अध्यानबाटै पसफलता हासिल गर्न सकिने भनेको खेल क्षेत्र भएकोले खेल क्षेत्रको विकासमा सबैले सहयोग गर्नुपर्ने उनको भनाई छ ।

धावक हरि बहादुर रोकायाले एकेडेमी स्थापनाले जुम्लाका बालबालिकामा खेल प्रतिको आर्कषण बढ्ने बताए । पूर्वाधार अभावका बीच खेल क्षेत्रमा होमिएर सफलता पाएको दिन स्मरण गर्दै धावक रोकायाले एकेडेमी संचालनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

पत्रकार महासघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले जुम्लामा खेल क्षेत्रको विकासका लागि विनायक यूवा क्लबले गरेको काम प्रसंशनीय रहेको बताए । टिपटोय स्थापनाले जुम्लाको खेल क्षेत्रले थप गति लिने समेत उल्लेख गरे । खेललाई प्रर्बद्धन गर्न जुम्ली मिडियाले आबश्यक सहयोग तथा समन्वय गर्नेमा समेत अध्यक्ष चौलागाँईले जोड दिए ।

एकेडेमीका कोच नेत्र देवकोटाले पहिलो दिन १७ जना बालबालिका भर्ना भएको र उद्घाटन खेल खेलाइएको बताए । उनका अनुसार भर्नाका लागि सूचना गरेर आठै पालिकाबाट १२ वर्ष मुनीका बालबालिकालाई खेलबारे अध्यान तथा अभ्यास गराईने छ ।

प्रकाशित मिति : २०८१ माघ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस