जुम्ला । हिमा गाउँपालिका स्तरीय १५ औं राष्ट्पति रनिङशिल्ड प्रतियाेगिताकाे उपाधी कालिका माध्यमिक विद्यालय तलिकुडुले जितेकाे छ । यश अघि दुई पटक उपाधी जितेकाे कालिका मावि लगातार तेस्राे पटक पनि उपाधी जित्न सफल भएकाे हाे
जेठ १८ देखि २० गते सम्म नेत्र ज्याेति मावि ओदीमा आयाेजित प्रतियाेगितामा विभिन्न विद्यामा उत्कृृष्ट खेल प्रर्दशन गर्दै कालिका मावि तलिकुडु प्रथम भएकाे हाे । याे संगै कालिका मावि तलिकुडुकाे लगातार तेस्राे जित हाे ।
“रास्ट्र लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, हामी सबैका लागि खेलकुद ” मुल नाराका साथ आयाेजना गरिएकाे प्रतियाेगितामा हिमाका ६ माध्यमिक विद्यालय सहभागी थिए । जसमा कालिका मावि लगातार तेस्राे प्रथम हुँदा अन्नपूर्ण मावि मष्टामाण्डु दाेस्राे,भानु मावि पाथरखाेला तृतीय,कालिका मावि बड्की चौथाे,नेत्र ज्याेती मावि ओदी पाचौं र राहदेव मावि माेफ्लाले छैटौं स्थान प्राप्त गरेका छन्।

पालिका स्तरमा यूवालाई खेलकुद गतिविधि संग जाेड्न तथा नयाँ खेलाडी उत्पादनकाे लक्ष्यसहित निरन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताकाे आयाेजना गर्दै आएकाे हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले बताए । उनका अनुसार नियमित हुने यस्ताे खेलकुद प्रतियाेगिताले नकरात्मक तिर ध्यान दिने यूवा,कुलतमा फस्न लागेका यूवाहरु खेल क्षेत्रमा आर्कषित समेत हुने अपेक्षा छन् ।

अध्यक्ष शाहीले तीन दिन सम्म सञ्चालन भएकाे उक्त प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयाेग गर्ने आयाेजक गाउँपालिका,सम्पुर्ण रुपमा सहजिकरण गर्ने नेत्र ज्याेती मावि ओदी,ओदी वासी सम्पुर्ण समुदाय,सुरक्षा कर्मी लगायत सम्पुर्ण मा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।



