संस्थागत मुल्यांकनमा कनकासुन्दरी प्रथम, तातोपानी दोस्रो (कुन पालिकाकाे अंक कति) ?

जुम्ला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षामता स्वमुल्यांकन( लिजा)को नजिता सार्वजनिक गरेको छ ।

गाउँपालिका तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीकोे लेखाजोखा गरि शासकीय पद्वती र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने,अधावधिक समिक्षाको आधार प्राप्त गर्ने र,स्थानीय सरकारबीच स्वस्थ प्रतिष्पर्धाको भावना जागृत गरि सेवा विकास तथा सेवा प्रवाहमा सुधार ल्याउने उदेश्यले मन्त्रालयले पालिकाको संस्थागत क्षामता स्वमुल्यांकन गर्दै आएको छ ।

जसनुसार शुक्रबार मन्त्रालयले देशभरका स्थानीयतहको  आर्थिक वर्ष २०८०÷०८१ लिजा अन्तर्गत गुणस्तर परिक्षणको अन्तिम नजिता सार्वजनिक गरेको हो ।

 सार्वजनिक नतिजानुसार जुम्लाका आठ स्थानीयतह मध्य कनकासुन्दरी गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर प्रथम भएको छ ।

मुल्यांकनका १० वटा सूचकमा उत्कृष्ट ९२ अंक प्राप्त गरि कनकासुन्दरी संस्थागत क्षामता स्वमुल्यांकन(लिजा)मा प्रथम भएको छ ।

त्यसैगरी तातोपानी गाउँपालिका भने दोस्रो भएको छ । जिल्लामै उत्कृष्ट कार्यसम्पादन गरिरहेको तातोपानी ८०.७५ अंक ल्याएर दोस्रो भएको हो ।

तातोपानी करार कार्यसम्पादन सम्झौता,जेठ अन्तिममै अन्तिम भुक्तानी सक्ने,वडा वडामा योजना सम्झौता गर्ने जुम्लाकै पहिलो पालिका हो ।यदपी प्रक्रियागत रुपमा लिजाको नतिजा सधै दोस्रो हुने गरेको छ ।

साथैे हिमा गाउँपालिका ७५.५० अंक ल्याएर तेस्रो हुन सफल भएको छ । जबकि जिल्लामै खानेपानी विकासमा फड्को मारेको हिमाले तेस्रो स्थान पक्का गरेको छ । हिमा पनि सुशासन र पारदर्शितामा अब्बल पालिका हो ।

भने त्यसैगरी जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकाले ७४.५० अंक ल्याएको छ । गुठिचौर गाउँपालिकाले ६०.५० अंक, तिला गाउँपालिकाले ६६.२५ अंक,  पातारासी गाउँपालिकाले ६३.५० अंक, सिंजा गाउँपालिकाले ६७.७५ अंक ल्याएका छन् ।  

लिजा मुल्यांकनका लागि मन्त्रालयले १० वटा सूचक तय गरेको हुन्छ । जसमा प्रशासकीय प्रबन्ध, संगठन तथा प्रबन्ध, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, सेवा प्रवाह रहेका छन् । त्यस्तै न्यायीक कार्यसम्पादन, भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय गरी १० वटा सूचकका आधारमा जसले अब्बल काम गरेको हुन्छ सोहिनुसार अंक दिने प्रावधान छ ।

पूर्वाधार विकास तर्फ कनकासुन्दरीले ७.५० अंक पाउँदा तातोपानीले भने ९.५० अंक र चन्दननाथले १०.५० अंक ल्याएका छन् ।
उता कनकासून्दरी गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले जिल्लाका आठ पालिकामा लिजाको नतिजामा प्रथम हुँदा खुसी व्यक्त गरे ।

लिजाको नतिजाले कनकासुन्दरीलाई थप जनतामुखी काम गर्नुपर्ने, सुशसान,पारदर्शीता र सेवा प्रवाह तथा विकास निर्माण जिम्मेवारी पूर्ण रुपमा काम गनुपर्ने चुनौती थपिएको अध्यक्ष आर्चायको भनाई छ । 

लिजाको अंकमा तलमाथि भएपनि विकास र सेवा प्रवाहमा तातोपानी सधै गम्भीर रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए । उनका अनुसार कार्यसम्पादन मुल्यांकनमा तातोपानी सधै प्रथम आउने गरेको समेत दाबी गरे ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस