जुम्ला । अविरल वर्षापछि आएकाे भिषण ढुंगा सहितकाे पहिराेले कर्णाली राजमार्ग तीन दिनदेखी पूर्ण रुपमा अबरुद्व छ । भदाै १४ गते विहान ९:४५ बजेदेखी कर्णाली राजमार्ग अन्तर्गतकाे गगने खाेलामा भएकाे अबरुद्व अझै खुलेकाे छैन् ।
तीनदेखि सडक पूर्ण रुपमा अबरुद्व हुँदा जुम्लाबाट स्याउ बाेकेर गएका ट्रक बाटाेमा अलपत्र परेका छन् । गगने खाेलामा ठुला ठुला ढुंगा आएकाे र ब्रेकरले पनि ढुंगा फुटाउन सम्भव नभएपछि ब्लाष्टिङ गर्ने तयारी भईरहेकाे छ ।
सडक अबरुद्व भएपछि जुम्लाबाट स्याउ बाेकेर गएका २० वटा ट्रक बाटाेमै राेकिएका छन् । तीनदेखि ट्रक बाटाेमै राेकिएपछि करोडौं रुपैयाँ पर्ने स्याउ कुहिने जोखिम बढेको छ ।
विगतकाे तुलनामा यश वर्ष ढिला गुल्काेजकाे मात्र भरिएकाे र पाकेकाे स्याउ निर्यात भएकाले निर्वाध रुपमा गन्तव्य पुग्न नसकेमा स्याउ कुहिने जाेखिम बढ्ने कृषि विज्ञहरु बताउँछन् ।
सिमावर्ती क्षेत्र नाग्म प्रहरी चाैकीकाे रेर्कड अनुसार भदाै १४ गतेदेखि १६ गते विहान सम्म २० वटा स्याउ ट्रक जुम्लाबाट गएका छन् ।
नाग्म प्रहरी चाैकीका असई यम शर्माका अनुसार भदाै १४ गते ८ वटा, भदाै १५ गते ११ वटा ट्रक र भदाै १६ गते अर्थात (आज) १ वटा गरि जम्मा २० वटा ट्रकले स्याउ बाेकेर गएकाे असई शर्माले जानकारी दिए ।

२० वटा ट्रकम भण्डै सात सय ९ क्वीईन्टल स्याउ निर्यात भएकाे छ । न्युनतम १२ क्वीईन्टल देखि अधिकतम् ४० क्वीईन्टल सम्म स्याउ व्यापारीले विक्रीका लागि लिएकाे पाईएकाे छ ।
लगातार दुईदिन देखि बाटाेमै स्याउ थन्कीएपछि कुहिने जाेखिम बढेकाे व्यापारी हरिसिंह नेपालीले बताए । उनले भने,’स्याउ निर्यातकै सिजनमा वर्षात हुने,बाढी पहिराे आउने र बाटाे अबरुद्व हुने समस्या छ । कराेडाैका स्याउ बाेकेका गाडी अलपत्र पर्ने गरेका छन् । तर अबरुद्व खुलाउने तयारी सुस्त छ । ठुला ठुला ढुंगा खसेका ब्रेकरले फुटाउन सकेकाे छैन् । अब ब्लाष्टिङ गर्ने भन्ने छ । कहिले सडक खुल्ने हाे पत्ताे छैन् ।’
त्यस्तै अर्का स्याउ व्यापारी काली बहादुर राेकायाले सडक अबरुद्व भएपछि जुम्लाका किसान र व्यापारीले गत वर्षजस्तै सास्ति पाएकाे बताए । उनले ४ हजार किलाे स्याउ विक्रीका लागि लिएका छन् । सडक खुल्ने स्थिती नरहेपछि कुहिने चिन्ताले सताएकाे छ ।
उनले भने,’किसानकाे आधि पैसा दिन बाँकि छ । गाडीकाे ढुवानी दिनु पर्ने छ । स्याउ बाटाेमै थन्कीएपछि कुहिने उच्च सम्भावना छ । समयमै सडक नखुल्दा किसान व्यापारी मारमा परेका छाै । तत्काल सडक खुलाउनु पर्छ ।’
जुम्लाको आर्थिक समृद्धि र किसानको जीविकोपार्जनको मुख्य स्रोत स्याउ निर्यात गरेर आउने आम्दानी हो । स्याउ निर्यातको समयमा दि दिनसम्म सडक अवरुद्ध भएको र खुल्ने समय निश्चित नहुँदा बाटोमा अलपत्र परेको मात्र नभई बोटकै स्याउ पनि कुहिने अवस्था आएको छ ।
प्रहरीकाे रेकर्ड अनुसार २० ट्रक अलपत्र परेका छन् ।
प्याकिङ गरी निर्यात गर्ने तयारीमा रहेका गाडी र संकलन गरेर प्याकिङ गर्दै गरेको स्याउ पनि जिल्लामै थन्किएको छ । यो समस्याले किसानको करोडौं मूल्यको स्याउ कुहिने जोखिम बढेको छ ।
एउटा ट्रकमा कम्तीमा पनि पाँच सय स्याउका कार्टुन लोड गरिएका छन् । तीर दिनदेखि सडक पूर्ण रुपमा अवरुद्ध भएपछि करोडौंको स्याउ अलपत्र परेका छन् ।
यश वर्ष जुम्लामा बढीमा १३ हजार मेट्रिकटन स्याउ फल्ने अनुमान गरिएकाे छ । भने जम्मा ४ हजार मेट्रिकटन सम्म निर्यायत हुने अनुमान छ ।
असिनाले यश वर्ष जुम्लामा स्याउमा ठुलाे क्षति गरेकाे छ । करिब ५ लाख विरुवामा असिनाले क्षति गर्दा १६ कराेडकाे स्याउ नाेक्सान भएकाे थियाे । उत्पादन कम भएकाे वर्ष मुल्यबृद्वि भएपनि सडक अबरुद्व हुँदा किसान र व्यापारी घाटामा छन ।
सडक अबरुद्व हुँदा ठुला माल बाहक सवारीसंगै अन्य यात्रु बाहक सवारी पनि सडकमै थन्कीएका छन् । समयमै नेपालगञ्ज, सुर्खेत गाडी पुर्याउन नसके करोडौंको क्षति जुम्लाले व्यहोर्नुपर्ने जुम्लाका देउराम नेपालीले बताए ।
उनले भने, ‘केही कमाइ होला, नजिकिँदै गरेको दशैंतिहार मनाउने रकमको जोहो होला भनेर स्याउ ल्याइयो । चार दिनदेखि बाटोमै थन्किएको छ । चालक, सहचालकलाई खुवाउँदा खर्च बढेको छ । गाडीको ढुवानी पनि बढी तिर्नुपर्ने अवस्था छ । यसरी थन्किएको स्याउ कुहिने समस्या हुन्छ । करोडौंको क्षति हुने निश्चित छ ।’
सडक खुलाउन ब्लाष्टिङ गर्ने तयारी
कर्णाली राजमार्ग अन्तर्गत गगने खाेलाकाे अबरुद्व हटाउन ब्लाष्टिङ गर्ने तयारी भईरहेकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले बताए ।
उनले भने,’ब्रेकर लगाएर ढुंगा फुटाउने प्रयास गरेका हाै । दुईदिन सम्मकाे प्रयास सम्भव भएन् । अब ब्लाष्टिङ नगरी सडक खुल्ने स्थिती छैन् । अब कालिकाेट प्रहरी प्रशासन र सेना संग समन्वय गरि ब्लाष्टिङ गर्ने तयारी भईरहेकाे छ ।’
गगने खाेलामा ठुला ठुला ढुंगा खसेकाे र सडककाे नाम निसानानै नरहेकाले ब्लाष्टिङ मात्रै अन्तिम विकल्प रहेकाे उनकाे भनाई छ । सेनाद्वारा ढुंगा ब्लाष्टिङ गरेर आजै सडक खुलाउने प्रयासमा रहेकाे समेत डिभिजन प्रमुख चाैधरीले जानकारी दिए ।
गगने खाेला अबरुद्व खुलेपनि कर्णाली राजमार्गमा जाेखिम कायमै रहेकाे छ । भाैगाेलिक रुपमा भिरालाे क्षेत्र र स्थानीयतहले जथाभावी निर्माण गरेकाे पहुँच सडकका कारणले गर्दा वर्षात हुने वित्तिकै कर्णाली राजमार्गमा पहिराेकाे उच्च जाेखिम रहेकाे छ । गत वर्षपनि भदाै १३ देखि १६ गतेसम्म सडक अबरुद्व भएपछि ६३ वटा स्याउ बाेकेका ट्रक अलपत्र परेका थिए ।



