हाँकु रंगशाला खेल अपडेट: आईतबार तीन खेल सम्पन्न, जुम्ला एफसी सेमिफाईनल प्रवेश

जुम्ला । गिडिदह यूवा क्लब द्वारा हाँकु रंगशालामा आयाेजित खुला पुरुष फुटबल प्रतियाेगितामा आईतबार तीन वटा खेल सम्पन्न भएकाे छ ।

दशै तथा दिपावलीकाे अवसरमा आयाेजित खुल्ला पुरूष फुटबल प्रतियोगितामा अन्तरर्गत आईतबार तीन खेल सम्पन्न भएका हुन् ।

आइतबार भएकाे पहिलाे क्वाटरफाइनल खेलमा हाँकु एफसीलाई पेनाल्टी सुटआउटमा ४-१ गाेल अन्तरले हराउँदै जुम्ला एफसी सेमिफाइनल प्रवेश गरेकाे हाे । जुम्ला एफसी उपाधी दावेदार मानिन्छ । यदपी, अपेक्षाकृत खेल प्रर्दशन भने हुन सकेकाे छैन् ।

खेलकाे निर्धारित समयमा १-१ गाेलकाे बराबरीमा सकिएकाे थियाे । पेनाल्टीमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि दाबेदार टिमका रूपमा रहेकाे जुम्ला एफसी सेमिफाइनल प्रवेश गर्ने पहिलाे टिम बनेकाे छ ।
त्यस्तै आइतबार भएकाे दाेस्राे खेलमा पेनाल्टीमा साथी एफसीलाई ३-१ गाेल अन्तरले हराउँदै घाेगेसिम युवा क्लब विजयी भएकाे छ । दुुवै टिमले निधर्धारित समयमा १-१ गाेलकाे बराबरी गरेपछि पेनाल्टीमा घाेगेसिम विजयी भएकाे हाे ।

आइतबार पहिलाे खेल फाेइ कालिका र एच वानबीच भएकाे थियाे । उक्त खेलमा एच वान विजयी भएकाे आयाेजकले जनाएकाे छ ।

साेमबार पनि तीन खेल हुने आयाेजक गिडि दह युवा क्लबले जनाएकाे छ । पहिलाे खेल ताताेपानी -६ र बुद्व एफसीबीच खेल हुनेछ । जित्ने टिम सेमिफाइनल प्रवेश गर्नेछ ।

यस्तै थप दुई क्वाटरफाइनलका खेल हुनेछन् । सेमिफाइनल प्रवेशका लागि ब्ल्याक डायमण्ड र जेनजी एफसी तथा एच वान र घाेगेसिम युवा क्लबबीच खेल हुनेछ । जित्ने दुई टाेल सेमिफाइनल प्रवेश गर्नेछन् । साेमबार सेमिफाइनल पुग्ने तीन टाेलीकाे टुंगो लाग्नेछ ।

प्रकाशित मिति : २०८२ असोज २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस