जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा असोज ३० गतेदेखि प्रथम हिमा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । युवाहरुप्रतिको फुटबल मोहलाई मध्यनजर गर्दै गोल्डकपको आयोजना गर्न लागिएको हो ।
अनाथ यूवा क्लबका अध्यक्ष नरजीत शाहीको सक्रियतामा प्रथम हिमा कोल्ड कपको आयोजना गर्न लागिएको हो । हिमाका यूवाहरुको खेल प्रतिको आर्कषणलाई मध्यनजर गरी पहिलो पटक ठुलो पुरस्कार रासीको फुटबल आयोजना गरिएको शाहीले जानकारी दिए ।
आगामी असोज ३० गतेदेखी कार्तिक ४ गते सम्म संचालन हुने उक्त प्रतियोगिता हिमा गाउँपालिका वडा नं. ५ स्थित बागचौर खेलमैदानमा खेलाईने छ । गोल्डकप हिमा युवा एकता समाजको आयोजना र नेपाल अर्गानिक घरको सह आयोजनामा हुन लागेको हो ।
नयाँ खेलाडीको उत्पादन तथा प्रोत्साहन र पूराना खेलाडीको सम्मानका लागि हिमामा ठुलो खेल आयोजना गर्ने अन्तिम तयारी गरेका छौ । अध्यक्ष नरजीत शाहीले भने,‘आयोजना संचालन गर्न आफैमा चुनौतीपूर्ण छ । यसमा सबै निकायको सकरात्मक सहयोगको अपेक्षा समेत गरेका छौ ।’
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख, कप,प्रमाण् पत्र र मेडल तथा उपविजेता टिमले नगद ५० हजार कप, प्रमाणपत्र र मेडल पाउने छन् । हिमाको खेल क्षेत्रको विकासका लागि अनवरत लागि रहेका शाहीका अनुसार खेलमा उत्कृष्ट खेलाडीलाई पाँच सय रुपैयाँ, उच्च गोलकर्ता खेलाडीलाई गोल्डेन बुट, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोल रक्षकलाई गोल्डेन ग्लब्स, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । साथै उदियमान खेलाडी पनि सम्मान दिइनेछ । प्रथम हिमा गोल्डकपलाई शान्त, मर्यादित रुपमा सम्पन्न गराउन आयोजकले सबैबाट सहयोगको अपेक्षा गरेको छ ।




