जुम्ला । जुम्लाका किसान तथा सरोकारवालाले खाद्य सुरक्षाका लागि रैथानेबालीको उत्पादन बृद्धि तथा खेती विस्तारमा जोड दिएका छन् । सडकको विकास संगै गाउँगाउँमा आयातित खाद्यन्न पुगेको र रैथाने उत्पादन घट्दै गएकाले उत्पादन बढाउन तर्फ ध्यान दिनु पर्ने बताएका हुन् ।
जुम्लाका किसानले उन्नत विउ भिजन तथा कृषि अनुदान नपाउँदा सोचे जस्तो कृषि उत्पादन हुन नसकेको गुनासो पोखे । सरकारी तथा गैरसकारी निकायले दिएकै विउ नक्कली परेपछि परिश्रम गरेपनि उत्पादन शुन्य हुने गरेको समेत उल्लेख गरे ।
१४ औँ जिल्ला परिषदबाट २०६४ सालमा नेपालकै पहिलो अर्गानिक जिल्ला घोषणा भएको जुम्लामा विस्तारै रैथाने बालीको उत्पादन घट्दै गएको छ । जसले गर्दा खाद्य सुरक्षाको जोखिम समेत बढ्दै गएको छ ।
सडक नपुग्नु अघि आफ्नै उत्पादनमा निर्भर स्थानीयहरु अहिले घरघरमै आयातित सेतो चामल पुग्न थालेपछि अधिकांश लेकाली क्षेत्रको खेतीयोग्य जमिन बाँझिदै गएको छ । जसका कारण खाद्य सुरक्षाको जोखिम बढेको जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताए ।
डेढ दशक पहिला जुम्लामा १५÷२० किलो चामलका लागि लडाई गर्नु पर्ने परिस्थितीको स्मरण गर्दै उनले भने,‘सडक पुगेपछि अबस्था बदलिएको छ । सुविधा पुगेको छ । तर किसान अल्छी बनेका छन् । विगतमा गाउँगाउँमा कोदो चिनो कागुनो प्रयाप्त फल्थ्यो ।तर अहिले गाउँ गाउँम सडक पुग्यो । रैथाने उत्पादन घटयो । घरघरम आयातित चामल पुग्न थालेपछि किसान अल्छी भएछन् । त्यसैले खाध सुरक्षाका लागि उत्पादन बढाउन तर्फ ध्यान दिन जरुरी छ ।’
उत्पादन बढाउन यूवा पलयान रोक्ने, कृषि केन्द्रित कार्यक्रम ल्याउनु पर्ने, जग्गा बाझो नराख्ने, बाझो जोत्नेलाई सहुलिय तथा अनुदान दिने नीति कार्यक्रम ल्याउनु पर्नेमा जोड पर्ने समन्वय प्रमुख आर्चायको भनाई छ ।
साथै पातारासीकी रमा बुढाले अर्गानिक उत्पादनले बजार नपाएको गुनासो पोखिन् । उनले भनिन,‘अर्गानिक प्याज टमाटर ३०÷४० रुपैयाँमा बिक्दैन । तर रुपैडियाबाट आको टमाटर प्याज डेढ सयमा विक्री हुन्छ । अर्गानिक उत्पादनको बजार छैन कसरी खाद्य सुरक्षा हुन्छ रु कृषि गर्ने किसानलाई अनुदान सहुलियत छैन् । कसरी उत्पादन बढ्छ । उन्नत विउ विजन, उपयक्त मुल्य र बजार छैन् । साना किसान सधै राज्यबाट उपेक्षामा छ । जसका कारण खेतहरु बाझिदैँ छन् । यूवा पलायन भएका छन् ।’
यता कृषि विकास कार्यालयको गत आर्थिक वर्ष २०८१÷८२ को तथ्यांक अनुसार जुम्लमा २७ हजार ९७२ मेट्रिकटन खाद्यन्न बाली उत्पादन भएको देखिन्छ । जुन विगतको वर्षको तुलनामा न्यून हो । धानको उत्पादनमा भारी गिरावट आएको छ ।
तथ्यांक अनुसार धान ५ हजार ९८७ मे।टन, मकै १० हजार ५ सय मे।टन, गहुँ ५ हजार १२० मे।टन, कोदो २ हजार ८५० मे.टन र जौ ३ हजार ५१५ मे।टन उत्पादन भएको छ ।
हाल जुम्लाको १४ हजार २०८ हेक्टर क्षेत्रफलमा खाद्यन्न बालीको खेती भईरहेको छ । गत आवमा स्याउ, सिमि,ओखर, मार्सी चालम लगायत गरी करिब ७० करोडको कृषि उपज जुम्लाबाट निर्यात भएको छ । गत वर्षको तुलनामा चालु आवमा १० देखी १५ प्रतिशतले रैथाने उत्पादन बृद्धि हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । अर्गानिक जिल्ला घोषणा कार्यान्वयन आफैमा चुनौती पूर्ण रहेको छ ।
उनले भने,‘उत्पादन बढाउनुको विकल्प छैन् । त्यसैले उमार शक्ति परिक्षण गरेर मात्र विउ वितरण गर्नुपर्छ । विउ दिने उत्पादन नहुने समस्या अन्त्य गर्नुपर्छ । त्यस्तो विउ बाड्नेको खोजी गरिनुपर्छ । उत्पादन बढाउन कृषि विकासकार्यालयले मात्र चाहेर सम्भव नभएको र स्थानीय तह प्रदेश सरकारले कृषिमा प्रयाप्त लगानी बढाउन जरुरी छ ।’
साथै किसानलाई जाँगरण ल्याउन कृषिमा लगानी बढाउनुको विकल्प छैन् । सिमित बजेटले कृषि क्षेत्रमा सोचे जस्तो काम गर्न कठिन रहेको उनको भनाई छ । जुम्लामा उत्पादन हुने स्याउ,सिमि, मार्सी, चिनो कागुनो सबै वस्तु गुणस्तर उत्पादन हुनु पर्ने उल्लेख गरे । जुम्ला कृषिबाटै समृद्व बन्ने सम्भावना प्रचुर रहेकाले कृषिमै प्रथामिकतादिनु पर्ने उनको भनाई छ ।



