जुम्ला । जुम्लामा जारी खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बुधवार चार वटा खेल सम्पन्न भएका छन् । चन्दननाथ वडा नं ३ द्वारा आयोजित प्रतियोगितामा बुधवार प्रि-क्वाटर फाईनल चरणका चार खेल सम्पन्न भएका हुन् ।
जसमा पहिलो खेल जनसेवा यूवा क्लब र सरस्वति यूवा क्लब बीच भएको थियो । जसमा ०-३ गोलले सरस्वति यूवा क्बललाई पराजित गर्दै जनसेवा यूवा क्लब विजयी भएको छ । उक्त खेलमा डिबी शाही म्यान अफ द म्याच भए ।
त्यस्तै विहान १० बजे भएको दोस्रो खेल शान्तिनगर यूवा क्लब र मुगुम एफी बीच भएकोमा निर्धारित समयमा दुबै टिम गोल रहित बराबर भएका थिए । पेनाल्टि सुटआउट मार्फत शान्तिनगर यूवा क्लब विजयी भएको फुटबल प्रतियोगिताका संयोजक राज बहादुर खत्रीले बताए ।
त्यसैगरी बुधबार भएको तेस्रो खेलमा नौमुले यूवा क्लब र विहानी यूवा क्लब बीच प्रतिस्प्रर्धा भएको थियो । जसमा ०-२ गोलले विहानी यूवा क्लब विजयी भएको छ । भने विहानी क्लबका डेविड खत्री म्यान अफ द म्याच घोषित भए ।
बुधवारको अन्तिम खेल लेकाली यूवा क्लब र जनप्रेमी यूवा क्लब बीच भएकोमा लेकाली यूवा क्लबले १-३ गोलले विजयी भएको छ । लेकाली क्लबका भूपेन्द्र शाही म्यान अफ द म्याच बनेका छन् ।
साथै विहिवार भने दुई वटा मात्रै खेल हुने छन् । विभित प्राविधिक कारणले विहान ११ बजेपछि मात्रै खेल सुरु हुने र दुई खेल मात्रै खेलाईने आयोजकले जनाएको छ ।
विहिबार पहिलो खेल ११ बजे मार्सी वोईज र जनसेवा (बी) बीच हुने छन् । दोस्रो खेल दिउँसो १ बजे शान्तिनगर र मिलन यूवा क्लब बीच हुने आयोजकले कर्णाली मिसनलाई जानकारी दिएको छ । शुक्रबारबाट क्वाटर फाईनल खेल सुरु हुने छन् । प्रतियोगिताको नवौँ दिन सम्म दर्शकको बाक्लो भिड रहेको खेलहरु शान्त वाताबरणमा सम्पन्न भईरहेका छन् ।



