जुम्ला – चन्दननाथ नगरपालिका – ८ कोटिला र जातिभिड गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण निर्माण भएको छ । एक वर्ष बढीको समयावधिमा ८३ मिटर लामो झोलुङ्गे पुल निर्माण निर्माण भएको हो । जसले गर्दा दुई गाउँका नागरिकलाई आवतजावतमा सहज भएको छ ।
कर्णाली प्रदेश सरकार अन्र्तगत नगरपालिकाको ५३ लाख २१ हजार ७२० रुपियाँको बजेटमा झोलुङ्गे पुल निर्माण निर्माण गरिएको वडाध्यक्ष रुप बहादुर रोकायाले बताए । उनले भने, दुई गाउँ बीच खोला छ । वर्खा याममा खोला बढेपछि दुई गाउँको आवतजावतमा निकै समस्या थियो । लामो समयको प्रयासपछि झोलुङ्गे पुल निर्माण भयो । अब आवत जावतमा सहज भएको छ ।
झोलुङ्गे पुल निर्माणले बालबालिकालाई विद्यालय आउजाउ गर्नदेखि आम नागरिकलाई पनि सहज भएको चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवि खड्काले बताईन् ।
यस्तै धुपिढुस्का र स्यालवाडा गाउँ जोड्ने झोलुङ्गे पुल निर्माणका लागि पनि पहल गरिएको वडाध्यक्ष रोकायाले बताए । उनले भने, वडा र नगरको निर्णय गरी कर्णाली प्रदेश सरकारसँग माग गरेका छौँ ।



