ईन्डो-नेपाल खुला मार्सलआर्ट प्रतियोगितामा मुगुको उल्लेखीय सफलता 

जुम्ला ।  मार्सल आर्ट प्रतियोगितामा मुगुले उल्लेखीय सफलता हासिल गरेको छ । पुष १९ र २० गते धनगडीमा संचालित प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगु जिल्लाले उल्लेखीय सफलता हासिल गरेको हो ।

उक्त प्रतियोगितामा नेपालसहित भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागिता थियो । जसमा केटा तर्फ ४०–४५ केजी तौल समूहको फाइटमा मुगुका भूपिन्द्र कामीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन्। 

त्यसैगरी, २५–३० केजी तौल समूहको फाइटमा मुगुकै दीपक बुढाले पनि प्रथम स्थान प्राप्त गर्दै स्वर्ण पदक हात पारेका छन्।

त्यस्तै, केटी तर्फ ३०–३५ केजी तौल समूहमा मुगुकी वर्षा साहानीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेकी छन्।

प्रशिक्षक आदेश विश्वकर्माले प्रतियोगितामा उच्च प्रतिस्पर्धात्मक भएपनि नियमित अभ्यास, अनुशासन र प्रशिक्षकको मार्गदर्शनका कारण मुगुका खेलाडीहरू सफल भएको बताए ।

उनले यस उपलब्धिले जिल्लाका युवा खेलाडीहरूलाई मार्शल आर्ट खेलतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे। 

प्रकाशित मिति : २०८२ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस