जुम्लामा राष्टि्य आर्थिक गणनाको कार्यालय स्थापना

जुम्ला । जुम्लामा आर्थिक गणनाका लागि कार्यालय स्थापना गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलको उपस्थितीमा मंगलबार राष्ट्यि आर्थिक गणना २०८२ का लागि जुम्लामा कार्यालय स्थापना गरिएको हो । 

कार्यालयले जुम्लाका आठै पालिकाका ६० वटा वडामा गणक खटाएर तथ्यांक संकलनको काम गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दिपेन्द्रसिंह धामीले बताए  । 

वास्तविक तथ्यांक संकलनका लागि सर्वेक्षणको पाटोलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको उनको भनाई छ । गणनामा झण्डै ३० जना गणक खटिने छन् । 

भने आगामी बैशाख २ गतदेखी असार ७ गते सम्म गणनाको कार्य संचालन हुने छ । जुम्लामा संचालित सबै आर्थिक प्रतिष्ठानको दर्ता, नविकरण, व्यवसाय संचालनको स्थिती, सरकारलाई राजश्व दिए नदिएको लगायतका विषयमा दुई विधिबाट तथ्यांक संकलन गरिने छ । पहिलो प्रश्नावलीको माध्यम र दोस्रो अनलाईन माध्यमबाट तथ्यांक संकलन गरिने छ । 

हरेक पाँच वर्षमा गरिने आर्थिक गणना पहिलो पटक २०७५ मा गरिएको थियो । त्यसपछि २०८० सालमा हुनु पर्ने आर्थिक गणना सरकारले गर्न सकेन् । दोस्रो पटक हुन लागेको राष्ट्यि आर्थिक गणना–२०८२ लाई सफल बनाउन सबै सरोकारवाला निकायबाट सहयोग गर्न जिल्ला आर्थिक गणनाको कार्यालय जुम्लाका प्रमुख दिपेन्द्र सिंह धामीले अनुरोध गरेका छन् ।   

प्रकाशित मिति : २०८२ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस