जुम्ला । जुम्लामा पहिलो पटक प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता-२०८२ को आयोजना हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाको आयोजना यहि चैत २६ गतेदेखि छात्र छात्रा फुटबल प्रतियोगिता हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ ।
प्याब्सनको आयोजनामा जुम्लामै पहिलो पटक हुन लागेक o छात्रा छात्र फुटबल प्रतियोगितामा जिल्लाका १७ वटा टिम सहभागी हुने प्याब्सन जुम्लाका अध्यक्ष टासी दोन्डुप लामाले बताए ।
उनका अनुसार छात्र १२ र छात्राको ५ टिम सहभागी हुने छन् ।
प्रतियोगितामा सहभागी सबै टिमले प्रोत्साहन पुरस्कार पाउने छन । भने विजेता र उपविजेता आकर्षक पुरस्कार पाउने प्याब्सन जुम्लाले जानकारी दिएको छ । टिम दर्ता शुल्क प्रत्यक विधालयलाई ५ हजार तोकिएको छ ।
जुम्ला जिल्लाको शैक्षिक तथा खेलकुद इतिहासमा पहिलोपटक प्राथमिक तहका बालबालिकाहरूलाई लक्षित गरी प्याब्सन जुम्लाले एक ऐतिहासिक प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित भएको प्याब्सनका अध्यक्ष लामाले उल्लेख गरे ।
विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्नुः छात्र-छात्राहरूमा खेलकुद सम्बन्धी रुचि र क्षमता विकास गर्नु यसको मुख्य ध्येयले खेलको आयोजना गर्न लागिएको हो ।
प्रतियोगिताले विद्यार्थीको शारीरिक दक्षता, रणनीतिक सोच, टीमवर्क, अनुशासन र नेतृत्व क्षमता गर्ने,अभिवृद्धि गर्दै भविष्यका लागि प्रतिभा पहिचानमा सहयोग पुऱ्याउने, स्वास्थ्य र खेलकुद गतिविधिमा सहभागीता बढाउने नियमित खेलकुद गतिविधिले विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा लाभ पुऱ्याउँने, अपेक्षा गरिएको छ ।
यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाउन निम्न संस्थाहरूले सहयोगी हात फैलाउनुभएको छः होटल कान्जिरोवा, नेपाल बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, देउती स्टेसनरी, वेदान्त पब्लिकेसन, लगायतका निकायले सहयोग समन्वय गर्ने छन् ।
चैत २६ गतेबाट संचालित प्रतियोगिता २८ गते समापन हुने छ ।



