मर्मत सम्भारको तालिमसहित कृषि उद्यमीलाई मिनिटिलर वितरण

जुम्ला – कृषि उद्यमीलाई मर्मत सम्भारको तालिमसहित मिनिटिलर वितरण गरिएको छ । राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई जुम्लाले मर्मत सम्भारको तालिमसहित पहिलो चरणमा २० वटा मिनिटिलर वितरण गरेको हो ।


कृषिमा आधुनिकिकरण ल्याउने उद्देश्यका साथ उद्यमीलाई कृषि यान्त्रीकरण मिनिटिलर वितरण गरिएको कार्यालय प्रमुख खेमराज शाहीले बताए । उनले भने, कृषि उद्यमीलाई मिनिटिलर मर्मत सम्भार तीन दिने तालिम पनि दिएका छौँ । मिनिटिलर विक्रीको खण्डमा मर्मत गर्न सहज होस भन्ने उद्देश्यका साथ कृषकलाई तालिम पनि दिएको हो ।


चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चरणमा पाँच जना महिला र १५ जना पुरुषलाई मर्मत सम्भारको तालिमसहित मिनिटिलर वितरण गरिएको कार्यालय प्रमुख शाहीले बताए । कार्यालयको ५० प्रतिशत अनुदान र कृषि उद्यमीको ५० प्रतिशत लगानीमा मिनिटिलर वितरण गरिएको हो ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस