जुम्ला ।
तातोपानी गाउँपालिका वडा नं २ स्थित हिम शिखर माविमा लागु औषध दुर्व्यसनी विरुद्व जनचेतना मुलक बृहत्त बहस सम्पन्न भएको छ ।
लागुऔषध दुर्व्यसनी बर्तमान अबस्था र न्यूनीकरणका प्रयास तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित आज बहस शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रममा बक्ताका रुपमा प्रमुख जिल्ला अधिकारी दीपक पौडेल प्रहरी नायब उपरिक्षक रबिन बाबु रेग्मी, अधिवक्ता नन्द बहादुर खत्री र तातोपानी-२ का अध्यक्ष चन्द्रमान बुढा रहेका थिए ।
कार्यक्रममा विधालयका २५० बढी विधार्थीको सहभागिता थियो । विकास संगै लागु औषध दुर्व्यसनी भित्रिएको, यसले बालबालिका बिग्रिरहेको अबस्थामा तातोपानी-२ ले आबश्यकतामुखी जनचेतना मुलक कार्यक्रम संचालन गरेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । उनले सबैको समन्वय सहकार्यबाट लागु औषधको प्रयोगलाई रोक्न मदत पुग्ने उल्लेख गरे ।
बहसका क्रममा लागुऔषध दुर्व्यसनका कारण समाजमा पर्ने नकारात्मक असर, युवापुस्तामा बढ्दो जोखिम तथा यसको रोकथामका उपायबारे गहिरो छलफल गरिएको थियो। छ वर्षमा जुम्लामा १६७ जनालाई लागु औषधको उजुरीमा पक्राउ गरिएको तथ्यांक छ ।
लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि घरपरिवार , अभिभावक , समाज र सम्बन्धित निकायको संयुक्त प्रयास आवश्यक रहेको डिएसपी रबिन बाबू रेग्मीले बताएका थिए।
वक्ता हरुले बोल्दै सचेत, जिम्मेवार र सकारात्मक गतिविधितर्फ आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए। साथै, यस्ता कार्यक्रमले समाजमा जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।



