जुम्लाका किशोरकिशोरीलाई दौतरी शिक्षा

जुम्ला – जुम्लाका किशोरकिशोरीलाई दौतरी शिक्षा प्रदान गरिएको छ । बालविवाह, बहुविवाह, महिनावारी विभेद, जातीय विभेद, लैङ्गिक हिंसा जस्ता समाजका हानिकारक अभ्यास अन्त्य गर्न उजुरी रिपोर्टिङ् संयन्त्र तथा संरक्षणका विषयमा दौतरी (साथी) शिक्षा प्रदान गरिएको हो ।


प्लान नेपालको सहयोगमा पेस नेपाल र क्याड नेपाल, जुम्लाले जुम्लाको हिमा, सिजा र कनकासुन्दरी गाउँपालिकामा सशक्त बालिका तथा सुरक्षित समाज परियोजना सञ्चालन गरिएको छ । सोही परियोजना अन्र्तगत सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिका २१ जना किशोरकिशोरीलाई तीनदिने लैङ्गिक हिंसा सम्बन्धी उजुरी रिपोर्टिङ् संयन्त्र तथा संरक्षण सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।


कार्यक्रम संयोजक राजेश एरीका अनुसार तालिमको मुख्य उद्देश्य लैङ्गिक हिंसाका घटनामा प्रभावकारी उजुरी तथा रिपोर्टिङ् संयन्त्रबारे सहभागीलाई जानकारी गराउनुका साथै पीडित तथा प्रभावित व्यक्तिको संरक्षण, गोपनीयता र सुरक्षित सेवामा पहुँच सुनिश्चित गर्न आवश्यक ज्ञान तथा सीप अभिवृद्धि गर्नु रहेको थियो ।


तालिका सहभागी सिंजा गाउँपालिका गोविन्द खत्रीले तालिमबाट सिकेका कुरालाई सबैभन्दा पहिला विद्यालयस्तरमै सचेतना जस्ता कार्यक्रम संचालन गरिने बताए । उनले भने, लैङ्गिक हिंसा सम्बन्धी उजुरी दर्ता तथा रिपोर्टिङ् प्रक्रिया, पीडितको सुरक्षा र संरक्षण, गोपनीयता, संवेदनशील घटनाको व्यवस्थापन तथा सम्बन्धित निकायसँग समन्वय लगायतका विषयमा छलफल तथा अभ्यास गर्ने छौँ ।


तालिमबाट प्राप्त गरेका ज्ञान र सीपलाई समुदायस्तरसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चौलागाईले बताए । क्याड नेपाल जुम्लाका अध्यक्ष जयलक्ष्मी चौलागाईका अनुसार लैङ्गिक हिंसाविरुद्ध सुरक्षित, सम्मानजनक र प्रभावकारी उजुरी प्रणाली विकास गर्न आफुले सिकेर अरुलाई सिकाउने तालिम सञ्चालन गरिएको हो ।


हिंसामुक्त तथा सम्मानजनक समाज निर्माणमा सहकार्य र सचेतना अभिवृद्धिमा किशोर किशोरीहरुको समेत महत्वपूर्ण भुमिका रहेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी रोम बहादुर महतले बताए । उनले भने यो तालिम आफुले मात्रै सिक्ने होइन । आफु सिकेर आफुले सिकेका कुरा अरुलाई सिकाउने हो । जसले गर्दा निकै महत्वपूर्ण रहेको छ । अहिले पछिल्लो समयमा साथीबाट धेरै घटना घटेका छन् । जसले गर्दा समाजमा नकरात्मक प्रभाव बढ्दै गरिएको बेला यस्ता तालिमले किशोरकिशोरीलाई सकारात्मक सोचको विकास गर्ने अपेक्षा गरिएको समन्वय अधिकारी महतले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस