मुगु । काठमाडौंबाट कर्णाली प्रदेशको मुगु स्थित रारा ताल घुम्न आएका पर्यटक सवार जिप मुगुमा दुर्घटना हुँदा तीन जना पर्यटकको घटनास्थलमै मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन ।
आईतबार छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकको जिमाकाँरा भिरमा जीप दुर्घटना हुँदा तीनजना पर्यटकको मृत्यु भएको हो ।
जीप दुर्घटनामा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, कलंकीकै ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार सुनारको घटनास्थल मृत्यु भएको हो मुगुका डिएसपी रविराज थपलियाले बताए ।
उनका अनुसार ललितपुर महानगरपालिका १५ का ५८ वर्षीय कञ्चन थापा र ५४ वर्षीया अञ्जु थापा सवार रहेका थिए ।
दुर्घटनाको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र ताल्चास्थित प्रहरी युनिटबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको नेतृत्वमा सात जना गरी १७ प्रहरीको टोली घटनास्थल पुगेर उद्वार गरेको थियो ।

प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मुगु पठाएको छ। भने दुर्घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी जनाएको छ।
जिप अचानक सडकबाट करिब.६०० मिटर तल खसेको थियो ।भने घाईते दुई जनाको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ ।
प्रत्यक्षदर्शी स्थानीय टोप्ला गाउँका मनबहादुर मल्लले दुर्घटनाको कारण नखुलेपनि पर्यटकको चाप बढ्दै गएपनि सडक पूर्वाधार स्तरोन्नति नहुँदा जोखिम निम्तीएको बताउनुभयो। कर्णालीमा प्राय सडकका कारण दुर्घटना हुने गरेकाले सडक सुधारमा सरकारले ध्यान दिनु पर्नेमा जोड दिए ।
दशै तिहारलाई लक्षित गरी रारा तालमा पर्यटकको चाप बढेको दै गएको छ । यदपी सडक पूर्वाधार, होटल बास व्यवस्थापनको चुनौती भने कायमै रहेको छ ।




