प्रथम ‘महादेव गोल्ड कप`को उपाधी हिमा एफसी च्याम्पियन 

जुम्ला । बडा दसैँ र शुभदिपावलि  को अवसरमा कालिकोट जिल्लाको तिलागुफा नगरपालिका–३, फोइमहादेवस्थित दहचौर खेल मैदानमा आयोजित प्रथम ऐतिहासिक ‘महादेव गोल्ड कप २०८३’  उपाधी जुम्लाको हिमा एफसी उचालेको छ । भव्यताका साथ सम्पन्न प्रतियोगिताको उपाधी उत्कृष्ट प्रर्दशन गर्दै हिमा एफसीले उपाधी जित्न सफल भएको हो । 

फोइमहादेव युवा क्लबको मुख्य आयोजना तथा तिलागुफा नगरपालिका वडा नं. ३ को सहआयोजनामा सञ्चालित   प्रतियोगिता कालिकोट जिल्लाकै इतिहासमा पहिलो पटक ११ ‘ए साइड’ (11-A-Side) फर्म्याटमा सञ्चालन गरिएको थियो। 

लिग-कम-नकआउट चरणमा खेलाइएको यस ऐतिहासिक प्रतियोगितामा जुम्ला र कालिकोटका कुल १२ टोलीले उपाधिका लागि कडा प्रतिस्पर्धा गरेका थिए। जसमा हिमा एफसीले आफ्नो खेल कौशलता प्रर्दशनी गरी उपाधी जित्न सफल भएको छ । 

नतिजा तथा आकर्षक पुरस्कार विवरण

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हिमा एफसी (HIMA FC) ले पहिलो ‘महादेव गोल्ड कप २०८३’ को ऐतिहासिक उपाधि आफ्नो नाममा दर्ता गर्न सफल भएको छ।

 विजेता (प्रथम स्थान): हिमा एफसी — रु. १,२१,१११/- (नगद, भव्य ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फोइमहादेव युवा क्लबले रु. ६६,६६६/- (नगद, ट्रफी, मेडल र प्रमाणपत्र, तृतीय स्थानमा आएको नेचुरल एफसी — रु. ३३,३३३/- (नगद, ट्रफी, मेडल र प्रमाणपत्र) प्राप्त गरेको छ । 

प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोह तिलागुफा नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बुद्धिजिवी, समाजसेवी, प्रायोजक तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रमका वक्ताहरूले विकट मानिने कालिकोटमा पहिलो पटक यस प्रकारको ठूलो धनराशिको ११ ‘ए साइड’ फुटबल आयोजना हुनुले स्थानीय युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताए।

आउँदै गरेको बिजया दसैँको पूर्वसन्ध्यामा आयोजित यस प्रतियोगिताले खेलप्रेमी तथा कालिकोटबासीमा बेग्लै रौनकता ल्याउनुका साथै युवाहरूबीच भाइचारा र सामाजिक एकता सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक फोइमहादेव युवा क्लबले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस