जुम्ला — डोल्पा जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
कारागारबाट फरार भएपछि खोजतलासमा जुटेको प्रहरीले त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा मंगलबार बिहान दुवै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भन्ने कपिल परियार रहेका छन्।
रोकाय जबरजस्ती करणी कसुरमा ८ वर्ष र परियार नकबजनी चोरी कसुरमा ३ वर्ष कैद सजाय तोकिएका व्यक्ति हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार




