ओदी गाउँमा भलिबल प्रतियोगिता हुँदै

जुम्ला – हिमा गाउँपालिका – २ ओदी गाउँमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । हिमा गाउँपालिका र २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।


ओदीगाउँ भेडाबाख्रा पशुपालनसँगै लसुन खेतीको उर्भर भुमि हो । जहाँ करोड मुल्य बराबरको लसुन उत्पादन हुने गर्दछ ।
विजया दशमी, शुभ दिपावली तथा लामा विष्णु देवताको पैठको अवसरमा लामा विष्णु युवा क्लवको आयोजनामा कार्तिक ९ गतेदेखि भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।


भलिबल टिम दत्ता शुल्क ५ हजार ५५५ रुपियाँ र टिम दत्ता कार्तिक ५ गतेदेखि ७ गतेसम्म गरिने क्लवका अध्यक्ष धिरेन्द्र बहादुर रोकायाले बताए । भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख २ हजार २२२ रुपियाँ, दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रुपियाँ पुरस्कार राशीसहित ट्रफी, मेडल र प्रमाण पनि रहेको जनाएको छ । यस्तै उत्कृष्ट खेलाडी, स्पाइडर, डिफेन्स र लिफ्टर छनोट गरी आकर्षक पुरस्कार पनि प्रदान गरिने जनाएको छ । भलिबल प्रतियोगिताको साथै देउडा खेल पनि हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस