बालविवाह सम्वन्धी साझा बुझाई अभिमुखिकरण सम्पन्न

जुम्ला – बालविवाह सम्वन्धी साँझा बुझाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । क्याक्मा कर्णाली प्रदेशसँगको समन्वय र बालविवाह विरुद्धको साझा अभियान सञ्जाल (क्याक्मा) जुम्लाको आयोजनामा बालविवाह सम्वन्धी सम बुझाई अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।


अभिमुखिकरण कार्यक्रममा बालविवाह सम्वन्धी सान्दर्भिक बुझाई र वकालका साझा बुझाईका मुद्दाहरुमा छलफल तथा अन्तरक्रिया गरिएको छ । अभिमुखिकरण कार्यक्रमको सहजीकरण क्याक्मा कर्णाली प्रदेशका सदस्य अधिबक्ता रणबहादुर कार्कीले गरेका हुन् ।


साझा बुझाईको आवश्यकता, विवाहको साझा परिभाषा, बालविवाह र उमेर हद, बालविवाहलाई अपराधिकरण नगारौँ, वयस्कको जिम्मेवारी र सुधारात्मक र पुनःस्थापनामुखी दृष्टिकोण जस्ता विषयमा छलफल गरिएको हो ।


बालविवह सम्वन्धी कर्णाली प्रदेशको बस्तुस्थिति, बालविवाहको तथ्यांक, संवेदनशीलता, बालविवाह हुनुका कारण, त्यसका परिणाम, असर, कानुनी अवस्था र कार्यान्वयनको खाडलका विषयमा छलफल गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा क्याक्मा जुम्लाका सदस्य, बाल क्लवका पदाधिकारी, कानुन वकालत गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस