जुम्ला – दशैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जुम्लामा जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिता असोज २०, २१, २२ गतेदेखि सञ्चालन हुने भएको छ । प्रतियोगिता नेपाली सेनाको टुडिखेल मैदान र जिल्ला खेलकुद विकास समितिको कवड हलमा हुने भएको हो ।
जिल्ला खेलकुद विकास समिति जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार एथलेटिक्स, व्याडमिन्टल, बक्सिङ, बुद्धिचाल, कराते, तेक्वान्दो, आईतीएफ तेक्वान्दो, उसु, बास्केट बल, फुटबल, कवडी, भलिबल र हेण्डबल गरी महिला पुरुष दुवै तर्फका १३ वटा खेल हुने भएका छन् । जिल्ला स्तरीय छनोट प्रतियोगिताका प्रत्येक खेल सञ्चालनका लागि विधागत रुपमा खेलकुदका संघलाई संयोजन गर्ने जिम्मेवारी दिने निर्णय गरिएको छ ।
असोज २६ देखि ३१ गतेसम्म हुने प्रदेशस्तरीय छनोट डव्लुटिएफ तेक्वान्दो खेल प्रतियोगिता जुम्लामा हुने भएको छ । यो खेल प्रतियोगिताका लागि कर्णाली प्रदेशका १० जिल्लाका खेलाडी जुम्लामा हुने छन् ।




