जुम्ला । जुम्लामा जारी जिल्ला स्तरीय दलित खुला पुरुष फुटबल प्रतियाेगिताकाे फाईनल शनिवार हुने भएकाे छ । दलित सेवा संघ जुम्ला द्दारा आयाेजित जिल्ला स्तरीय फुटबल प्रतियाेगिताकाे फाईन खेल समाज चेतना यूवा क्बल हियाखाेला र देउती कैलाश यूवा क्बल कुडारीबीच हुने भएकाे हाे ।
शुक्रबार भएकाे पहिलाे सेमिफाईनल खेलमा लायन यूवा क्बलाई ०-१ गाेल हराउँदै देउती कैलाश यूवा कुडारी फाइनलमा प्रवेश गरेकाे हाे । लायन यूवा क्बलले खेलकाे अन्तिम समय सम्म पनि गाेल गर्न सकेन् । जसका कारण उत्कृष्ट खेल भएपनि लाईनलमा पुग्ने लायन यूवा क्लवकाे सपना अधुरै रह्याे ।
भने दाेस्राे सेमिफाईनल खेल राेयल यूवा क्बल छिना र समाज चेतना यूवा क्लब हियाखाेला बीच भएकाे थियाे । उक्त खेलमा राेयल छिना यूवा क्लबलाई ०-१ गाेलले पराजित गर्दै समाज चेतना यूवा क्लबले फाईनलकाे यात्रा तय गरेकाे हाे । निर्धारित समय अवधिभर राेयल छिना यूवा क्बलले उत्कृष्ट खेल प्रर्दशनका बीच पनि गाेल फर्काउन नसक्दा सेमिफाईनलबाट बाहिएकाे छ
टुडिखेल मैदानमा हुने फुटबल प्रतियाेगिता मध्य पहिलाे पटक उपाधीका पानसय क्षेत्रका टिम भिड्दै छन् । यश अघिका सबै आयाेजनामा विजेता उपविजेता टिम सधै नगरपालिका क्षेत्रकै क्लब हुन्थे ।
तर पहिलाे पटक विजेता उपविजेताका लागि पानसय क्षेत्रका खेलाडी प्रतिस्प्रर्धा गर्दै छन् । विजेता र उपविजेताकाे कप यश पटक पासनसय क्षेत्रले उचाल्ने भएका छन ।
प्रतियाेगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेकाे दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्कीले बताए । उनका अनुसार फाईनल खेल शनिवार ११ बजेपछि हुने छ ।



