जुम्ला- जिल्ल स्तरीय दलित पुरुष फुटबल प्रतियोगिताको उपाधी तिला गाउँपालिका – ३ कुडारी स्थित देउती कैलाश युवाक्लवले जितेको छ । फाइनल खेलमा तातोपानी गाउँपालिका – ६ हियाखोलाको समाज चेतना युवाक्लवलाई पेनाल्टी सुटआउटमा २ गोलका विरुद्ध देउती कैलाश युवाक्लवले ३ गोल प्रहार गरी विजयी भएको हो ।
खेलमा दुवै क्लव एक÷एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा देउती कैलाश युवाक्लवले ३ गोल प्रहार गरी विजयी भएको छ । दलित सेवा संघ जुम्ला शाखाले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद र दलित एकताका लागि खेलकुद भन्ने नारासहित जिल्ला स्तरीय दलित खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रथम विजयी युवाक्लवलाई ट्रफी, मेडल, प्रमाण पत्रसहित ६६ हजार ६७० रुपियाँ र दोस्रो हुने अर्थात उपविजेता युवाक्लवलाई ३३ हजार ३३५ रुपियाँ पुरुस्कार प्रदान गरिएको दलित सेवा संघ जुम्लाका सचिव रामबहादुर नेपालीले बताए ।
नेपाली सेनाको टुडिखेल मैदानमा ६ दिनसम्म सञ्चालन भएको फुटबल प्रतियोगितामा जिल्लाभरबाट १७ वटा टिम सहभागी रहेको दलित सेवा संघ जुम्लाका अध्यक्ष भीम सार्कीले बताए ।
विस्तृत समचारको लागि प्रतिक्षा गर्नुहोला



