जम्ला । जुम्लाकाे चन्दननाथ नगरपालिका वडा नं ३ स्थित डाडाँकाेट गाउँ अन्धकार भएकाे छ । नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका कार्यालय प्रमुखकाे एक आदेशमा विद्युतकाे लाईन काटिएपछि डाडाकाेट गाउँ अन्धकार भएको हाे ।
सामान्य विवादलाई लिएर हाकिमले गैरजिम्मेवार पूर्ण ढंगबाट डाडाकाेट गाउँकाे लाईन काट्न आदेश गरेकाे खुलेकाे छ साेमबार बिद्युत प्राधिकरणका कर्मचारी र डाडाकाेट गाउँका केही नागरिक बिच विवाद थियाे । त्यहि विवादलाई गाउँकाे लाईन काटिएकाे स्थानीय दिनेश सुनारले बताए ।
गाउँमा बिद्युत लाईन रिडिङका लागि गाउँ गएकाे बेला गाउँकाे केही नागरिक सँग बिवाद हुदा भएकाे हाे ।
बिद्युतका कर्मचारी र डाडाकाेट गाउँका केही नागरिक बिच बिवाद हुदा प्राधिकरणकै हाकिमकाे आदेशमा बिद्युत लाईन काटिएको भन्ने डाडाकाेटका नागरिकले गुनासाे गरेका छन् । गाउँका केही व्यक्ति सँग विवाद हुदा पुरै बिद्युत लाइन काट्नु याे सरासर गाउँप्रति गर्ने ब्यवहार नराम्रो रहेकाे स्थानीय दिनेश सुनारकाे गुनासाे रहेकाे छ ।
बिद्युत नहुदा पुरै गाउँ अन्धकार भएको छ । रातिको समयमा भएकोले प्राधिकरणले बिद्युत लाईन काट्दा अन्धकार भएको उनकाे भनाई छ । जुम्ला बजार क्षेत्रका आसपासका झिलिमिलि छन् । डाडाकाेट गाउँ भने अन्धकार छ । प्रमुख शाहले डाडाकाेट गाउँमाथि ठाडाे आदेश दिएर विद्युत काटेर अत्याचार गरेकाे स्थानीयकाे गुनासाे छ ।
यता नेपाल बिद्युत प्राधिकरणका एक कर्मचारीका अनुसार गाउँमा बिद्युतकाे लाइन रिडिङ् गर्न जाँदा गाउँकाे नागरिकले प्राधिकरणका कर्मचारी माथि हातपात गर्दा यस्ताे भएको बताए । उनले भने,” डाडाकाेट गाउँमा बढी चाेरी लाइन बाल्ने गरेकाफे पनि यस्ताे विवाद भएको उनकाे भनाइ छ ।
प्राधिकरणका कार्यालय प्रमुख राम आशिष् शाह सँग फाेन सम्पर्क गर्न खाेज्दा फाेन अफ रहेकाे छ । यदपी प्राधिकरणकाे सामाजिक सजाल मेटा(फेशबुकबाट) भने खण्डन गरिएकाे छ ।
खण्डन यस्ताे छ…
यस नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्र अन्तर्गत च.ना. न.पा. वडा नं. ३ डाडाँकाेट क्षेत्रमा साविक जुगाडखाेला लघु जलविद्युत आयाेजनाबाट विद्युत संचालन भएकाेमा केही महिना अघि उक्त लघु जलविद्युत आयाेजना बन्द भई साे क्षेत्रमा ने. वि.प्रा. काे विद्युत लाइन चालू भैसकेकाे अवस्थामा केही ग्राहक महानुभावहरुले हाल सम्म पनि आवश्यक कागजात सहित मिटर जडान प्रक्रियामा यस कार्यालयमा नआएकाे हुदा सम्बन्धित ग्राहकले आवश्यक कागजात सहित यस ने.वि.प्रा. जुम्ला वितरण केन्द्रमा आई आवश्यक प्रक्रिया पूरा गरी मिटर जडान गर्न हुन सम्बन्धित सबैकाे जानकारीका लागि याे सूचना जारी गरिन्छ । साथै त्यस क्षेत्रमा कार्यालयबाट मिटर जडान तथा मिटर रिडिङ सम्बन्धी काम कारवाही गर्दा आवश्यक सहजिकरण गरिदिन हुन सम्बन्धित सबैमा अनुराेध छ ।




