जुम्ला फुटबल अपडेटः प्रि–क्वाटर फाईनलका खेल सम्पन्न, शुक्रबार चार खेल हुने

जुम्ला । जुम्लामा जारी जिल्ला स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तरर्गत विहिबार प्रि–क्वाटर फाईनलका दुइ खेल सम्पन्न भएका छन् । यही कार्तिक ३ गतेबाट नेपाली सेनाको खेलमैदान टुडिखेलमा सुरु भएको फुटबल प्रतियोगिताको दशैँ दिन विहिबार दुई खेल सम्पन्न भएका हुन् ।

पहिलो खेल जनसेवा र मार्सी वाईज बीच भएको थियो । पेनाल्टी सुटआउटबाट जनसेवा यूवा क्लब विजयी भएको छ । भने दोस्रो खेल मिलन यूवा क्लब र शान्तिनगर यूवा क्लब बीच भएकोमा पेनाल्टी सुटआउटबाट मिलन यूवा क्लब क्वाटर फाईनलमा प्रबेश गरेको छ । यसका साथै विहिबारबाट प्रि–क्वाटर फाईनलका सबै खेल सम्पन्न भएका छन् । भने शुक्रबार क्वाटर फाईनलका चार खेल हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक राज बहादुर खत्रीले बताए ।

अनुसार शुक्रबार क्वाटर फाईनलका चार खेल हुने छन् । पहिलो खेल विहान ८ बजे फोईकालिका एफसी र विहानी यूवा क्लब बीच हुने छ । भने दोस्रो खेल विहान १० बजे चन्दननाथ वडा नं. ३ र लेकाली यूवा क्लब (ए) बीच हुने आयोजकले जनाएको छ ।

त्यस्तै शुक्रबारको तेस्रो खेल दिँउसो १ बजे जनसेवा यूवा क्लब र (बी) र न्यूडब्लु डिसी बीच हुने छ । भने अन्तिम खेल ३ बजे घोगेसिम यूवा क्लब र मिलन यूवा क्लब बीच हुने भएको छ । चन्दननाथ वडा नं ३ द्धारा आयोजित यस प्रतियोगितामा जिल्लाका ४४ वटा टिम दर्ता भएका थिए । साथै शनिवार सेमिफाईनल खेल हुने भएको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस