जुम्ला । जुम्लामा प्रथम स्ववियू कप अन्तर्गत खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जुम्ला बहुमुखी क्याम्पसको स्वतन्त्र विधार्थी यूनियन (स्ववियू)को आयोजनामा आगामी वैशाख ९ गतेदेखी जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको हो ।
आईतबार विहान जुम्ला बहुमुखी क्याम्पसका आयोजित पत्रकार सम्मेलनमा स्ववियू अध्यक्ष लोकेन्द्रराज बुढाले क्याम्पसलाई चिनाउन, खेलका माध्यमबाट एकआपसमा भाईचाराको सम्बन्ध कायम गर्न स्ववियु कपको आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एक हजार १०१ नगद, मेडल र प्रमाण पत्र पाउने छन् । भने दोस्रो हुने टिमले ५१ हजार १०१ नगद, मेडल र प्रमाण पत्र पाउने छन् । साथै प्रत्यक खेलमा म्यान अप द म्याच घोषणा गरी पुरस्कार दिईने छ ।
साथै जिल्लाका आठै स्थानीय तह, यहाँका विधालय सबैले टिम दर्ता गर्न पाउने छन् । भने टिम दर्ता शुल्क १० हजार तोकिएको छ ।
साथै आयोजना व्यवस्थापनका लागि झण्डै ३ देखि ४ लाख सम्म खर्च लाग्ने अनुमान गरिएको छ । भने स्ववियुका सबै पदाधिकारीलाई आयोजना सफल बनाउन जिम्मेवारी बाडफाँड समेत गरिएको छ ।



