जुम्ला। जुम्लामा पहिलो पटक आयोजना गरिएको प्याब्सन ग्रासरुट फुटबल प्रतियोगिता-२०८२ छात्रा तर्फको कप जीपि बोर्डिङ स्कुल उर्थुले जितेको छ । पातारासीकै ड्रिम माउन्टेन बोर्डिङ बीच भएको खेलमा २-१ गोले हराउदै जीपि बोर्डिङ स्कुलले छात्रा तर्फको कप जितेको हो ।
निर्धारित समय गोल रहित बराबर भएपछि पेनाल्टि सुट आउट भएको थियो । पेनाल्टि सुटआउटमा ड्रिम माउन्टेनलाई २-१ गोले पछि पार्दै जीपि बोर्डिङ स्कुल छात्रा तर्फको बिजेता बनेको हो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जुम्लाको आयोजनामा विहिबारदेखि प्रतियोगिता सुरु भएको हो ।
ड्रिम माउन्टेन बोर्डिङ पातारासी र बिलिबर्स बोर्डिङ स्कुल बजार बीच खेल भईरहेको छ । पहिलो हाफ गोल रहित बराबरीमा छ ।
प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार



