जुम्ला । जुम्लामा प्रथम स्ववियू खुला भलिबल प्रतियोगिता सुरु भएको छ । जुम्ला बहुमुखी क्याम्पस अन्तरर्गत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को आयोजनामा खुला पुरुष भलिबल प्रतियोगिताको सुरु भएको हो ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले बुधबार प्रतियोगिताको उद्घाटन गरे । जुम्ला क्याम्पसलाई चिनाउन, खेलका माध्यमबाट एकआपसमा विद्यार्थी र शिक्षकहरूबीच सद्भाव साट्न र भाइचाराको सम्बन्ध स्थापित गर्न प्रतियोगिताको आयोजना गरिएको क्याम्पस सभापति लोकेन्द्र बुढाले बताए ।
उनले प्रतियोगिता जित्ने भन्दा पनि उत्कृष्ट खेल प्रर्दशन र अनुशासन देखाउने खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगितामा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार १ सय १ रुपैयाँ र दोस्रो हुनेले ५१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रकाशित मिति : २०८३ बैशाख १० गते बुधवार



