जुम्ला — स्तनपान सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजनामा एक दिवसिय स्तनपानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखीकरणमा जन्मेको एक घण्टाभित्रै शिशुलाई स्तनपान गराउने, जन्मदेखि ६ महिनासम्म आमाको दूध मात्र खुवाउने तथा दुई वर्ष वा सोभन्दा बढी समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिनुपर्ने विषयमा अभिमुखिकरण गरिएको हो ।
यस्तै स्तनपानका स्वास्थ्य लाभ, कुपोषण न्यूनीकरण, शिशुको रोग प्रतिरोधात्मक क्षमता वृद्धि तथा आमाको स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव बारेमा सचेतीकरण गरिएको हो ।
साथै कार्यस्थल तथा समुदायमा स्तनपानमैत्री वातावरण निर्माण गर्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा शिशु र आमाको स्वास्थ्य संरक्षणका लागि स्तनपानलाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न जनचेतना अभिवृद्धि आवश्यक रहेको जनाएको छ । कार्यक्रमले स्तनपानसम्बन्धी सही जानकारी समुदायसम्म पु¥याउन तथा स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
ऋामाको दुधलाई प्रतिस्थापन गर्ने बस्तु (विक्रीवितरण नियन्त्रण) ऐन २०४९ र यस ऐन अनुसार निरीक्षणका काम कतव्र्य अधिकारका विषयमा पनि अभिमुखिकरण गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका पोषण विज्ञ डा. निशान्त लामा, बालरोग विशेषज्ञ सन्दिप श्रेष्ठ र जनस्वास्थ्य प्रमुख किरण शर्मालगायत व्यक्तिहरुले अभिमुखिकरण कार्यक्रमको सहजीकरण गरेका हुन् । कार्यक्रममा स्वास्थ्यकर्मी, सञ्चारकर्मी, व्यापारी प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।





