तातोपानीमा नागरिक समाजद्धारा शाखा र गैसस संग अन्तरक्रिया

जुम्ला । जुम्लाकै पहिलो तातोपानी गाउँपालिकामा रहेको पालिका स्तरीय नागरिक समाज संजालद्धारा पालिकाका जनप्रतिनिधि, विषयगत शाखा प्रमुख र गैरसकारी निकाय बीच अन्तक्रिया गरिएको छ । नागरिक समाजको काम कर्तव्य, जिम्मेवारी बारे प्रष्ट पार्न तथा आगामी दिनमा तातोपानीको विकास र समृद्धीका लागि हातेमालो कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित सहयात्रा तेस्रो परियोजनाको सहयोग तथा समन्वय र नागरिक समाज तातोपानीको आयोजनामा एकदिने बृत्तह अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा नागरिक समाजका संयोजक सागर परियारको नेतृत्वमा हाल सम्म भएका गतिविधि बारे भिडियो मात्र प्रस्तुतीकरण गरिएका थियो । भने नागरिक समाजको काम, जिम्मेवारीबारे प्रस्तीकरण समेत गरिएको थियो ।

नागरिक समाजले समृद्ध पालिकाका निम्ती सुशासन, पारदर्शीता, सेवा प्रवाहमा छिटो छरितो, गुणस्तरीय विकास निर्माण, विकृतीमुक्त समाज निर्माण लगायतका सवालमा नागरिक सवालले शसक्तरुमा वकालत गर्नुपर्ने विषयमा सरोकारवालाले सुझाव दिएका छन् ।

साथै कार्यक्रममा महिला बालबालिका शाखा, सहयात्रा तेस्रो परियोजना, विश्व खाद्य कार्यक्रम, सोसेक नेपाल लगायतका निकायले आफुले गरेका गतिविधि समेत प्रस्तुत गरे । भने आगामी दिनमा नागरिक समाजसंग समन्वय गरेर गतिविधि संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गाउँमा अझै सामाजिक विकृती, बालविवाह, लागु औषध दुव्र्यसनी, जस्ता विकृती कायमै रहेकाले नागरिक समाजले अगुवाई गरी न्युनिकरणका प्रयास थाल्नु पर्ने सरोकारवालाको भनाई छ । तातोपानी गाउँपालिकाले स्तरीय नागरिक समाज संजालले समन्वय सहकार्य अभावका बीच पनि पालिकाको विकास,सुशासन, सेवा प्रवाह छिटो छरितो बनाउने पक्षमा थुप्रै पैरवी गरेको नागरिक समाजका अध्यक्ष सागर परियारले बताए । उनले भोलीका दिन नागरिक समाज पनि राज्यकै अंग हो ? सेवा प्रदायक निकायलाई रचनात्मक खबरदारी गर्ने संयन्त्र हो भन्ने बुझाई राख्न समेत अनुरोध गरे ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले पालिका स्तरीय नागरिक समाज संजाललाई सक्रिय बनाई पालिकाको सुशासन र समृद्धीका क्षेत्रमा खुलेर वकालत गर्न लगाउने वाताबरण पालिकाले बनाउने बताए । पछिल्लो समय केही आशा लाग्दा काम भएपनि अझै यहाँको कृषि, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार तथा सामाजिक क्षेत्रको विकासका लागि नागरिक समाजले आवाज उठाउनु पर्ने स्थिती देखिएको उल्लेख गरे ।

उपाध्यक्ष रेवती रावलले नागरिक समाजले सामाजिक मुद्धामा निस्पक्ष भएर बोल्नु पर्ने बताईन् । तातोपानीका सामाजिक मुद्धा अपेक्षाकृत रुपमा वकालत र पैरवी नभएकाले नागरिक समाजले आफ्नो दायरा फराकिलो बनाउन अनुरोध गरिन् । पालिका सधै नागरिक समाजको साथमा रहेन प्रतिबद्धता गरिन् ।

‘सहयात्रा तेस्रोको मात्रै नागरिक समाज हैन्’ प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर चन्द भन्छन,‘विगतमा अपेक्षाकृत रुपमा समन्वय सहकार्य हुन सकेन् । यहाँका सबै शाखा र समग्र पालिकाले गर्नु पर्ने सहकार्य नगरेको अनुभुति भएको छ । पालिकाको समृद्धीका लागि काम गर्ने सल्लाह सुझाव दिने संयन्त्रलाई बेवास्ता गरेको होईन समन्वय कमी भएको हो । भोलीका दिनमा निरन्तर समन्वय सहकार्य गर्छौ ।

सहयात्रा तेस्रो परियोजनाका व्यवस्थापक राम बहादुर रावतले नागरिक समाज संगको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ बगाउने बताए । सबै मिलेर तातोपानीलाई बालबालिका क्षेत्रमा विकासका सवालमा, सेवा प्रवाहका क्षेत्रमा हरेक हिसाबले नमुना बनाउन हातेमालो गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाँई, नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई, सर्वोदय नेपालका अध्यक्ष नारायणी चौलागाँई, लिर्वडका परियोजना संयोजक बुद्ध विक, विश्व खाद्य कार्यक्रमका संयोजक चक्र जीसी लगायतका वक्ताले सुशासन पारदर्शीता कायम तथा हरेक गतिविधिको वाचडगका रुपमा नागरिक समाज आबश्यक रहेकाले प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमपछि नागरिक समाज संजालको बैठक बसेर आगामी दिनमा गर्नुपर्ने कामका विषयमा प्रारम्भीक कार्ययोजना समेत बनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस