जुम्ला – समुदायका यूवालाई एकजुट बनाउन जुम्लामा अभियानकर्मी संजाल गठन गरिएको छ । किर्डाक नेपालले विभिन्न परियोजना संचालन गरेका स्थानीय तहका यूवा यूवतीलाई सामाजिक हितका सवालमा एकजुट हुन अभियानकर्मी संजाल गठन गरिएको हो ।
उक्त संजालमा १६ वर्ष माथिकादेखि २४ वर्षमुनिका बालबालिका तथा यूवा यूवती पदाधिकारी तथा सदस्य रहन पाउने प्रावधान छ ।
संजालको अध्यक्ष र उपाध्यक्ष पदका लागि आकांक्षी धेरै भएपछि निर्वाचन गरिएको थियो । जसमा संजालको अध्यक्षमा कनकासुन्दरी-४ का विवेक शाहीले ६ मत ल्याएर निर्वाचित भए ।

भने अध्यक्षका अर्का प्रत्यासी रमिता कामीले ५ मत ल्याईन् । साथै उपाध्यक्षमा तिला-४ की सुस्मा हमालले ८ मत ल्याएर सुस्मा हमाल निर्वाचित भईन् । त्यस्तै उपाध्यक्षका प्रत्यासी बिमला बडुवालले ६ मत प्राप्त गरिन् ।
अध्यक्ष र उपाध्यक्षमा निर्वाचन भएपनि अन्य पदमा सर्वसम्मत संजाल गठन भएको निर्वाचन मण्डलका संयोजक भरत नेपालीले बताए ।
उनका अनुसार विवेक शाहीको अध्यक्षतामा १८ सदस्यीय समुदाय यूवा अभियानकर्मी संजाल गठन गरिएको छ । जसको सचिवमा आशा न्यौपाने,सहसचिवमा जुनमाया रोकाया र कोषाध्यक्षमा रविन्द्र वड चयन भएका छन् ।

त्यस्तै सदस्यमा अनुधारा चौलागाँई, अन्तिमा महतारा,नविन भण्डारी,विपना शाही,सुष्मा चौलागाँई, बिमला बडुवाल,कुलराज जैसी, ब्रेमकली डाँगी, सर्मिला बुढा, गोर्कण मानव सुनार, रमिला कामी र दुर्ग बहादुर रावत चयन भएका छन् ।
समुदाय यूवा अभियान कर्मी संजालको उद्घाटन शत्रमा सहभागी प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईं, जिल्ला समन्वय अधिकारी रोम महत,नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँई लगायतले संजालमा आबद्व पदाधिकारी तथा सदस्यहरुले पछिल्लो समय समुदायमा विभिन्न विकृतीहरु बढीरहेकाले सचेतीकरणका कार्यक्रममा जोड दिन सुझाव दिएका थिए ।

साथै किर्डाक नेपालका जिल्ला संयोजक शिवचन्द्र कार्की, वल्ड्र भिजनका जिल्ला संयोजक भेष बहादुर रावलले संजाल गठन, भावी उदेश्य काम कर्तव्य र जिम्मेवारीका विषयमा प्रष्ट पारेका थिए ।
जुम्लामा वल्ड्र भिजनले किर्डाक संगको सहकार्यमा दुई दशकदेखि बालबालिकाको विकासका क्षेत्रमा काम गर्दै समेत आएको छ । अब सार्वजनिक हितका सवालहरुलाई उठाउन यूवाहरुलाई एक जुट,एक मत र एउटै सयंन्त्रमा बाध्न संजाल गठन गरिएको छ । संजालले भविष्यमा बालबालिका देखि समाज रुपान्तरणका बाधक बनेका सबै कुरित विरुद्व शसक्त आवाज उठाउने अपेक्षा समेत गरिएको छ ।





