कर्णाली प्रदेशस्तरीय भलिबल संघको अध्यक्षमा ईश्वरबहादुर शाही निर्वाचित

जुम्ला–कर्णाली प्रदेशस्तरीय भलिबल संघ गठन गरिएको छ । संघको चौथो अधिवेशनले (कालिकोटका ईश्वरबहादुर शाही अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको चौथो अधिवेशनका ३५ जना मतदाता हुन् । यस मध्ये २४ जना मात्रै अधिवेशनमा सहभागी भएका थिए । निर्वाचित अध्यक्ष शाहीले २३ मत प्राप्त गरी विजयी भएका हुन् । अध्यक्ष शाहीका प्रतिद्धोन्दी शेरबहादुर जिसीले एक मत मात्रै प्राप्त गरी पराजित भए ।


अध्यक्ष पदको मात्रै निर्वाचन भएको थियो । अन्य पदाधिकारी र सदस्यहरु सर्वसहमतिमा चलन भएका हुन् । सुर्खेतमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गणेशबहादुर विष्ट (जाजरकोट), महासचिवमा खेमराज केसी (सल्यान) र कोषाध्यक्षमा नैनसरा बुढा चयन भएका छन् । सदस्यमा भुपेन्द्रकुमार डिसी, लक्ष्मीबहादुर रावल (जुम्ला) र बाबुराम सुनार चयन भएका छन् ।


अधिवेशनमा नेपाल भलिबल संघका केन्द्रीय सचिव भोमबहादुर श्रेष्ठ र कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ सहभागी थिए । उनीहरूले नयाँ कार्यसमितिले आउँदै गरेको दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उल्लेखनीय भूमिका खेल्ने बताए । नयाँ नेतृत्वले प्रतियोगिताको तयारीसँगै कर्णालीमा भलिबलको विकास र खेलाडी उत्पादनमा पनि ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिए ।

प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस