तातोपानीको नीति तथा कार्यक्रम पास हुन सकेन(गाउँसभामा कसले के बोले) ?

सागर परियार ।


तातोपानी गाउँपालिकाको नीति तथा कार्यक्रम पास हुन सकेको छैन् । बजेट ल्याउन अध्यक्ष उपाध्यक्षले चासो नदिएको भन्दै गाउँसभा सदस्यहरुले नीति तथा कार्यक्रम पास गर्नुको कुनै औचत्यि नभएको भन्दै टिप्पणी गरेका हुन् । असार १० गते नीति तथा कार्यक्रम सार्वजानिक गरेर २२ गते नीति तथा कार्यक्रम पनि पास गर्ने र बजेट पनि ल्याउने भनिएकोमा अध्यक्ष उपाध्यक्षले चासो नदिँदा बजेट प्रभावित भएको तातोपानी गाउँपालिकाका वडाध्यक्षहरुले बताएका छन् ।

गाउँसभामा कसले के बोले ?
मंगलबार सम्पन्न तातोपानी गाउँपालिकाको नौं गाउँसभावको दोस्रो सभा बैठकमा नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै तातोपानी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष विशाल खड्काले नीति तथा कार्यक्रम संग बजेट ल्याउने विषयमा सोच्नु पर्ने बताए । बजेट र नीति कार्यक्रमको भेटघाट गराउनु पर्ने बेला नआएको उनको भनाई छ ।
बजेट बिना नीति तथा कार्यक्रम ल्याएर अर्थ छैन । २२ गते बजेट ल्याउने भनिए पनि अझै ल्याउन नसक्नु हाम्रै असक्षमता हो । बजेट बिना नीति तथा कार्यक्रम पास हुने कुरामा आफ्नो बिमत्ती रहेको छ । बजेट ल्याउने बाटो नखुले नीति कार्यक्रम पास गर्दैनौ वडाध्यक्ष खड्काले भने ।

साथै तातोपानी गाउँपालिका वडा नंंं ३ का वडाध्यक्ष डिल्ली रावलले भने,चार कार्यकाल सकिएपछि अन्तिम कार्यकालमा समयमै बजेट नआउनु दुखद पक्ष हो । विगतमा ४ वर्षमा समयमै बजेट नीति ल्याउन्छौ । तर अन्तिम बर्ष सन्देश राम्रो दिएन् । समयमै बजेट नआउनुले जनप्रतिनिधि बीचको भागबन्डा नमिलेका कुरा बाहिर फैलिएको छ ।
शिर्षकगत बजेट नआएपनि डल्लो बजेट ल्याउनु पर्ने हो । तर संघियताको मर्म अनुसार स्थानिय सरकार संचालन ऐन२०७४ अनुसार पालिकाको नीति संगै बजेट आउनु पर्छ । तर अध्यक्ष उपाध्यक्षले चासो नदिएको प्रति ध्यानकर्षण गराए ।

कार्यपालिका सदस्य आदी प्रसाद न्यौपानेले नवौ गाउँसभाको दोस्रो बैठक बसिरहँदा समेत बजेट ल्याउनु नसक्नु दुखद भएको र बिना बाधा अबरोधका बीच पनि पालिकाले बजेट ल्याउन नसक्नु कसको कमजोरी गहन छलफल हुन आबश्यक रहेको बताए ।

पहिलो गाउँसभाबाट पारित भएका नीति कार्यक्रम कति सफल भए त्यसको समीक्षा हुन जरुरी छ । ठोसनीतिको अभावले पालिकाको समृद्दि सम्भव छैन् । कार्यक्रम महत्वकाँक्षी भएपनि उलब्धी हुन सकेन् सदस्य न्यौपानले उल्लेख गरे ।

राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्ने संस्कारको विकास हुन आबश्यक छ । स्वास्थ्य,शिक्षा,खानेपानी,पर्यटनका क्षेत्रमा गुणात्मक भन्दा संख्यात्मक हिसाबले मात्रै विकास गरेरर पालिकाको समृद्दि सम्भव छैन् । स्थानीय सरकार संचालनको चार वर्षमा समेत नागरिक वडापत्र राख्न सकिएको छैन् । विकासमा दोहोरोपना हुने समस्या प्रति पालिकाका सबै जनप्रतिनिधि जिम्मेबार हुनुपर्छ । समिक्षा, विषयत कार्यालयका प्रगती विवरण सार्वजानिक गर्नु पर्ने, दण्ड सजायको कुरामा पनि पालिका चुकेको छ ।
आगामी आवको नीति कार्यक्रम पास गर्ने सन्दर्भमा सन्दर्भमा संशत्ति रहेको छु । १० दिनको अविधमा बजेट नल्याउनु भनेको अध्यादेशबाट बजेट ल्याउने संकेत देखेको छु । गाउँसभालाई लत्याएर अध्यादेश मार्फत बजेट ल्याउने मनसाय देखेको समेत गाउँसभा सदस्य आदी प्रसाद न्यौपानेको भनाई छ ।

गाउँसभा सार्ने,बजेट नल्याउने र असार महिना कटाएर साउनमा अध्यादेशबाट बजेट ल्याउने चेष्टा गरेमा नीति तथा कार्यक्रम असफल पार्ने, आम नागरिक लाई सडकमा उर्ताने समेत चेतावनी दिए ।

महिला सदस्य देविकन्या आर्चाले चुनाव जितेपछि आम महिलाका समस्या समधान शसत्तिकरणका कार्यक्रम ल्याउने सोचेका थियौ । तर कार्यकालको चार बर्ष नाघिसक्दा पनि सदस्यको कुनै अर्थ नदिएको बताईन् । वडासदस्यलाई काम बिहिन बनाईयो । कुनै अधिकार पाएनौ । विगतका दिनमा वडाध्यक्ष,गापा अध्यक्ष उपाध्यक्षका हरेक कामहरुमा समर्थन गरेका हौ । तर अन्तिम वर्षमा देखिएको ढिलासुस्ती तथा मनपरीलाई हेर्दा नीति तथा कार्यक्रम पास नहुने बताए ।

तातोपानी गाउँपालिका ४ नम्बर वडाध्यक्ष धिरज जैशीले भने,“नीती तथा कार्यक्रम बजेटको मेरुदण्ड हो । नीति कार्यक्रम तथा बजेट संग संगै आउनु पर्छ । तर हुन सकेन् । यसले राम्रो सन्देश दिएको छैन् । सबैभन्दा गाउँसभा अहिले अबरुद्द भएको छ । नीति तथा कार्यक्रम ल्याउनु पहिले जनता संग अध्यक्ष उपाधयक्ष कार्यक्रमका बारेमा छलफल भएको थियो । तर निष्कर्ष नहुदै नीति आएको र हाल सम्म बजेट नआउनुनैको,मुख्य जडनै जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रमको बिबाद हो ।”

हामिले अनुउत्पादन क्षेत्रमा बढी बजेट विनियोजन गरियो । जसले गर्दा अपेक्षित उपलब्धी हासिल गर्न सकिएन् । यसको भागेदार हामी सबै हौ । ढुंगा गिट्टि बालुवाको आईई भएपनि पालिकाले आफ्नो अधिकार प्रयोग गर्न सकेनन् । कार्यालयको सेवा प्रवाहमा निरन्तर खटिने कर्मचारीलाई सम्मान प्रोत्साहन गर्ने कुरा नीति तथा कार्यक्रममा आउनु पथ्र्यो तर हुन सकेन । वडा कार्यालयहरु अहिले सम्म भाडाकै घरमा संचालनमा छन् । वडा कार्यालयहरु ब्यवस्थापन गर्न नीति कार्यक्रम बजेटमा कहिले सम्बोधन हुन सकेन् ।
वडाध्यक्ष जैशीले थपे,“शिक्षा क्षेत्रमा पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन् । हाल सम्म तातोपानिमा कति साक्षर छन् कति निरक्षर छन् भन्ने तथ्यांक छैन् । साक्षर बनाउने,अपांगलाई सहयोग गर्ने,सुत्केरीलाई कोसेली वितरण गर्ने छात्रबृत्तिमा पढाउने लगायतका कार्यक्रमहरु जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रम संचालन हुनुपर्छ । समग्रमा स्थानियतहको बजेट उत्पादनशील क्षेत्रमा लगानी हुन नसकेको छैन् । प्र्रतिपक्ष नै नभएको पालिकाका समयमै बजेट नीति नआउनु भनेकै राम्रो सन्देश जानू हैन । विगतका वर्षजस्तै सहज रुपमा बजेट आउनु पर्नेमा जो दिए ।”

गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने,“बिचमा उपाध्यक्ष बिरामि पर्नु भयो । त्यसपछि उपभोत्तालाई भुत्तानि दिनु पर्ने अबस्था देखियो । भुत्तानीलाई छिटो छरितो गर्न अनुगमन गर्दा बजेट निर्माण प्रभावित भयो ।
जनसंख्या र भुगोलका आधारमा बजेट ल्याउनु पर्ने भएपनि शुरुदेखि हाल सम्मै बजेट भागबण्डामै बिनियोजति हुने गरेको छ । जनताका आबश्कयता अनुसार भन्दा वडाध्यक्षका रुचिका योजना बढी आउने गरेका छन् ।
अध्यक्ष उपाध्यक्ष कार्यक्रमको प्रगति विवरण पेश गरेका छौ । उत्त कार्यक्रमका उपलब्धी हेर्न सकिने बताए । दोस्रो लहरको कोभिड रोकथाम तथा नियन्त्रणमा समेत तातोपानीले उल्लेखीय काम गरेको बताए । कोभिड रोकथामका लागि उल्लेखिय भुमिका खेल्ने नियमित खट्ने स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाई धन्यबाद दिए ।
अर्गानिक दिवा खाजा खुवाउने,स्थानिय पाठ्यक्रम निर्माण,प्राविधिक शिक्षालय निर्माण, भएका छौ । तोकिएकै समयमा असार १० गते नीति तथा कार्यक्रम ल्याएपनि बजेट ल्याउन नसिकएको हो । भागबण्डामा लिप्त हुन थालेपछि बजेट समयमै आउन नसकेको समेत अध्यक्ष न्यौपानले बताए ।

उनले थपे,थोरै कुरा मात्रै नमिलेको र एकहप्ता भित्रै छलफल विमर्श गरि उत्पादनमुखी बजेट आउछ । नीति तथा कार्यक्रम पास हुने बित्तिकै बजेट आउने छ । १० वटा गाउँसभा गर्ने अधिकार स्थानीयतहलाई दिएको छ । सोहि अनुसार अन्तिम गाउँसभाबाट बजेट ल्याईने र नीति कार्यक्रम पास गरिदिन अनुरोध छ ।
सभाअध्यक्षको भनाई पछि पुन धारणा राख्दै ६ नम्बर वडाध्यक्ष विशाल खड्काले सबै कार्यपालिकाका सदस्यहरु बसेर नीति कार्यक्रम बनाएका हौ । छुटेका विषयबस्तु संशोधन गर्ने समय पनि छ त्यसैले विरोधका लागि विरोधको अर्थ नरहेको समेत बताए ।

सडक खानेपानीको विकास उल्लेखिय रुपमा भएको छ । विकास निर्माणमा नागरिकको सहभागिता बढेको छ । बजेट आउने स्पष्ट आधार पेस नभए सम्म नीति कार्यक्रम पास गर्न नहुनेमा जोड दिए । असार १० देखि २२ गते सम्म कुनै छलफल नगर्नुले षड्यन्त्र रहेको स्पष्ट छ । असार अन्तिममा भुत्तानिको लहर चल्ने सर्वबित्तिदै थियो । र यसपाली अनुगमन र भुत्तानिका नाममा बजेट ल्याउन जानि जानि ढिलाई भएको हो ।

गत आवमा जनता संग अध्यक्ष उपाध्यक्ष कार्यक्रममा उल्लेखिय उपलब्धी नभएको,स्पष्ट छ । चालू बजेट अप्रयाप्त भएकाले अध्यक्ष उपाध्यक्षले लचक भई बजेट ल्याउने सहयोग गर्नुपर्ने आबशयक छ । गाउँसभाका सदस्यहरुको मतलाई कदर नगरी नीति तथा कार्यक्रम पास गर्न दबाब दिएपनि पास नहुने बताए ।

डिल्ली रावल पुन बोल्दै,बजेट ल्याउनु पर्ने बेलामा समीक्षा हुनु गलत हो । बजेटको स्वरुप अनुसार नीति तथा कार्यक्रम कार्यान्वयन हुनु पर्ने भएपनि विधि र पद्दति भन्दा उल्टो भएको बताए । हाल सम्म बजेट ल्याउन ढिलाई हुनुकै मुख्य कारण भनेकै अध्यक्ष उपाध्यक्ष कार्यक्रम संग कुरा नमिल्नु हो ।
आदि प्रसाद न्यौपाने
पहिलो गाउँसभादेखिनै सुझाब राख्दै आएपनि कहिले संशोधन हुन सकेन् । नयाँ नीति ल्याउनु पर्ने र वडाध्यक्षले बजेट माग्नु नहुने बताए । संशोधन सहित नीति तथा कार्यक्रम ल्याएपछि मात्रै पास हुन्छ ।
अन्त्यमा सभाअध्यक्ष नवराज न्यौपानले नीति तथा कार्यक्रम पास गर्न सदस्यहरुले सहमती नगरेको भन्दै आगामी असार ३० बुधबार दिउसो १ बजे सम्मका लागि गाउँसभा स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति : २०७८ असार २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस