
माघ १४, काठमाडौं । प्रदेश नम्बर ६ र ७ मा माओवादीलाई मुख्यमन्त्री दिने सहमतिसँगै एमाले र माओवादीको कार्यदलले एमाले-माओवादीको पछिल्लो बिबाद समाधान गरिदिएको छ ।
एमाले-माओवादी कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै चार घन्टा छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो ।
कार्यदलमा चार मुख्यमन्त्री र चार सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई मुख्यमन्त्री र दुई सभामुख पाउने भएको छ भने उपसभामुख भने माओवादीले चार वटा पाउने भएको छ । जसमा एमालेले दुई वटा प्रदेशमा उपसभामुख पाउनेछ ।
एमालेले प्रदेश १, ३, ४ र ५ मा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादीले लिनेछ । यस्तै प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को सभामुख माओवादीले पाएको छ ।